Friday, May 22

कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु

नेपाल अखबार, सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो ।
बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार पर्शुराम संज्याल पहिरोमा परी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम्मा मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएकी तारा संज्यालको भने शव निकालिएको प्रहरीले जनाएको छ ।
बुधबार मात्रै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोमा परेर एकै  परिवारका ७ जनासहित ९ जनाकाे मृत्यु भएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *