दुर्घटनासमाचार

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, चितवन। चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ।
पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो।
गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

the authoradmin

Leave a Reply