समाचारस्वास्थ्य

प्रहरी मुख्यालयमा थप २८ जना संक्रमित फेला

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको छ । शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप २८ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।
प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

the authoradmin

Leave a Reply