समाचार

कैलालीमा बाढीले बेपत्ता २ जनाको शव फेला

नेपाल अखबार,  कैलाली ।  कैलालीमा अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला पारेको छ ।
बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो ।
बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टले  जानकारी दिए ।
अझै भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको उनले बताए ।

the authoradmin

Leave a Reply