प्रदेश २समाचारस्वास्थ्य

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण

इफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् । मास  ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।
साउन १२ गते देखि १६ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।

the authoradmin

Leave a Reply