समाचारसमाज

गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ

Nepal Akhabar

नेपाल अखबार, गोरखा। प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे ।
एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।
रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए  ।

the authoradmin

Leave a Reply