प्रदेश ३समाचारस्वास्थ्य

चितवनमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

Nepal Akhabar

नेपाल अखबार,  चितवन । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो ।
बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए ।
उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन ।
मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
उनको शव के गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

the authoradmin

Leave a Reply