प्रदेश ४समाचारस्वास्थ्य

पोखराका १ सहित गण्डकीका थप ३ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १ सहित गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउँसो गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५५ पुगेको छ ।
बुधबार संक्रमण पुष्टि हुनेहरुमा पोखराका एक ३८ वर्षीय पुरुष तथा बाग्लुङका एक ३४ वर्षीय पुरुष र २५ वर्षीया महिला रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १३६२ पुगेको पनि निर्देशनालयले जनाएको छ |

the authoradmin

Leave a Reply