प्रदेश ४समाचारस्वास्थ्य

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ५ सय ७५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिकाका ४ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको हो ।संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का ७२ वर्षीया १ जना महिला छिन् भने अन्य ३ जना सोही वडाका ७ र १४ वर्षीया बालक सहित ८२ वर्षीया वृद्ध छन् ।
त्यस्तै तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीया पुरुष, गोरखाको पालुङटार वडा नम्बर १ की ३९ वर्षीया महिला र स्याङ्जाको फेदीखोला गाउँपालिकाका २७ र ३१ वर्षीया पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

the authoradmin

Leave a Reply