Monday, April 20

कोरोनाभाइरसको संक्रमणबाट सिरहाका एक युवकको मृत्यु

नेपाल अखबार, सिरहा । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा  मृत्यु भएको छ । गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो ।
ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला  स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *