प्रदेश ५समाचार

बुटवलस्थित नेकपा कार्यालय सिल

नेपाल अखबार, बुटवल ।  नेकपाको बुटवलस्थित प्रदेश ५  कार्यालय आजदेखि तिन दिनको लागि सिल गरिएको छ।  बुटवल उपमहानगरपालिका वडा नं. १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ७२ घण्टाको लागि कार्यालय सिल गरिएको हो ।
ती कोरोना संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउने-जाने भएकाले  ७२ घन्टाका लागि कार्यालय सिल गरिएको पार्टी कार्यलय सचिव वालकृष्ण पाण्डेयलेबताए ।
उनका अनुसार संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा गएका थिए। सोही बीचमा पार्टी कार्यालयमा दूरी कायम गरेको भए पनि  बैकठ समेत भएका थिए ।

the authoradmin

Leave a Reply