प्रदेश ४समाचारस्वास्थ्य

गण्डकीमा ८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी -बर्दघाट-सुस्तापूर्व_को गैडाकोटका ३२/३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७/४० वर्षका पुरुष र महिला रहेका छन् ।

यस्तै, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकीमा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० जना डिस्चार्ज भइसकेका छन् ।
the authoradmin

Leave a Reply