प्रदेश २समाचारस्वास्थ्य

वीरगंजमा काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन

Nepal Akhabar
इरफान अली ,वीरगञ्ज । वीरगंज महानगर पालिकाले काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन रहेकाे पाईएकाे छ । एक घर एक परिक्षणकाे अवधारणा सहित वीरगंज महानगर पालिकाले स्थानिय दात्री संस्थाहरुबाट चन्दा संकलन गरि पिसिआर मेसिन र केमिकल नारायणी अस्पताललाई हस्तांतरण गरिएकाे थियाे तर अहिले चन्दा संकलन गरि दिइएकाे केमिकलमा गडबडी रहेकाे अस्पतालका एक कर्मचारीले नाम नखाेल्ने सर्तमा बताएका छन ।
चार कराेड जतिकाे रकम संकलन गरि ल्याईएकाे पिसिआर मेसिन र केमिकल खरिद गरि नारायणी अस्पताललाई एक कार्यक्रम बीच प्रदेश २ का मुख्यमन्त्रिले लालबाबु राउत गदीले प्रदान गरेका थिए ।
रिपाेर्टहरुमा गडबडी पाए पछि पर्साका विभिन्न स्थानबाट संकलन गरिएकाे १००० भन्दा बढी पिसिआर नमुना काठ्माण्डाैकाे प्रयाेगशालामा पठाईएकाे स्राेतले बताएका छन । यस अघि गरिएका सम्पुर्ण पिसिआर परिक्षण नै शंकाकाे घेरामा रहेकाे स्राेतकाे दाबी रहेकाे छ ।
the authoradmin

Leave a Reply