समाचारस्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२

Nepal Akhabar

नेपाल अखबार, पोखरा । नेपालमा बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर संक्रमितको संख्या २४ हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा ६४ जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ७ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ रहेको छ।‍

the authoradmin

Leave a Reply