प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशका २ जिल्लामा थप २१  जना कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका २ जिल्लाका थप २१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान तनहुँ र  स्याङजाका २१  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका – १ का  २२ देखि ५२ वर्ष उमेर समुहका १४  पुरुष तथा ५ वर्षीया बालिका सहित ६ महिलामा कोरोना पुष्टि भएको हो ।  त्यसैगरी स्याङजाको पुतलीबजार नगरपालिका -१ का ३९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनालायले जनाएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।

the authoradmin

Leave a Reply