प्रदेश २समाचारस्वास्थ्य

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

Nepal Akhabar

इरफान अली ,वीरगञ्ज ।  काेराेनाकाे शुक्रबार साझ बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे काेभिड अस्पतालमा उपचारकाे क्रममा कोरोना अस्पतालमा मृत्यु भएको हो ।
संक्रमित पुरुष श्रावन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । मृतक उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका रोगी थिए । काेराेनाकाे कारणले मात्रै पर्सामा २२ जनाले ज्यान गुमाएका छन् । यो सगैँ नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

the authoradmin

Leave a Reply