प्रदेश ४समाचारसमाजस्वास्थ्य

पोखरामा विहानै ५ संक्रमित थपिए

Nepal Akhabar

नेपाल अखबार, पोखरा । पोखरामा  कोरोना संक्रमण जोखिम पोखरामा दिनदिनै बढिरहेको छ । आइतबार बिहान पोखरा महानगरका थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
महानगरका २ वटा वडाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले बिहान ५  नं. वडाकी ३३  वर्षीया महिला  तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा  कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ  । संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।
 

the authoradmin

Leave a Reply