Tuesday, April 21

चितवनमा डाक्टर र नर्ससहित थप २८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, चितवन। चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार राति भरतपुरस्थित कोभिड-१९ प्रयोगशालामा चार सय ७४ जनाको नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो। नयाँ संक्रमित चितवनका २७ र सर्लाहीका एक जना छन्।
थपिएका संक्रमितमा डाक्टर र नर्ससमेत छन्। प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमित हुनेमा महानगरपालिकाका मात्रै २१ जना छन्।
कोरोना पोजेटिभ देखिनेहरु २२ दखि ५३ वर्ष उमेर समूहका रहेका अधिकारीले जानकारी दिइन्।
संक्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिका क्षेत्र दुई दिनअिघदेखि लकडाउनमा छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *