निजीमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
नेपालअखबार , काठमाडौँ । भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन्। विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ। शिक्षाको महत्व बुझेका र आर्थिक रूपले सम्पन्न अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन्। प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकाहरुको बालबालिका यही विद्यालयमा पढछन्। विद्यालयले गुणस्तरीय शिक्षाका लागि...