पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ जारी
नेपालअखबार ,पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन् ।
बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरण अन्तर्गतकै खेल भएका हुन् ।
पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो खेलमा बिबिसी काठमाडौंको अनुपस्थितिमा ताकामी काठमाडौंले वाक ओभरमार्फत विजयी बन्यो ।
यस्तै दोस्रो खेलमा चितवन भेट्रान्स र सुनाखरी भेट्रान्स ललितपुर बीच भएको खेलमा चितवनका एक खेलाडीको निर्धारित उमेर कम (४० वर्ष मुनीका) खेलाडी खेलाएका प्रोटेस्टको आधारमा ललितपुर विजयी बन्यो ।
तेस्रो खेलमा गार्डेन एफसी पोखराले एनजेजेभिसी सिमरालाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै चौंथो खेलमा चियापप ठमेलको अनुपस्थितिमा ब्रदर्शहुड काठमाडौं वाकओभर...










