Friday, May 22

प्रदेश

गण्डकी प्रदेशले दियो प्रहरीलाई ५ बुलेट, १८ पल्सरसहित २८ मोटरसाइकल
प्रदेश, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी प्रदेशले दियो प्रहरीलाई ५ बुलेट, १८ पल्सरसहित २८ मोटरसाइकल

गण्डकी — गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई ५ बुलेट,१८ पल्सरसहित २८ वटा मोटरसाइकल र ४ वटा भ्यान प्रदान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शान्ति सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीका लागि ५ थान बुलेट बाइक,टिभिएस ब्रान्डका ५ थान मोटरसाइकल र १८ थान पल्सरसहित २८ थान मोटरसाइकल प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । गतवर्ष पनि प्रदेश प्रहरीलाई मन्त्रालयले ४३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो । आइतबार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई मोटरसाइकल र भ्यानका चाबी हस्तान्तरण गरेका हुन् । यस्तै, प्रदेश प्रहरीलाई टाटा कम्पनीका ४ वटा पिकअप भ्यान पनि दिइएको कानुनमन्त्री चुमानले बताए । प्रदेश सरकारले ४ वटा भ्यानका लागि १ करोड ५१ लाख १५ हजार २ सय रुपैय...
पर्सामा थप ४५ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण

इफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् । मास  ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए । साउन १२ गते देखि १६ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण...
मुख्यमन्त्री गुरुङद्वारा बकर इदको शुभकामना
प्रदेश ४, समाचार

मुख्यमन्त्री गुरुङद्वारा बकर इदको शुभकामना

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताएका छन  । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताएका छन । इद उल अज्हा पर्व इस्लामिक क्यालेण्डरको १२ औँ तथा अन्तिम महिना जुलहिज्जाहको १० औँ दिनमा मनाइन्छ । मुस्लिम समुदायले यस दिन इदगाह (खुल्ला चौर)मा सामूहिक नवाज पढेर एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाट गरेर पर्व मनाउने गर्छन् । यस पर्वलाई बकर इद वा कुर्वानीसमेत भनिन्छ । यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता...
पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका २ जनासहित गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान प्रदेशको कास्की, तनहुँ र म्याग्दी  जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले कास्कीका ३  सहित, तनहुँका १ जना र म्याग्दीका  २ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ ।...
उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, जनकपुर। जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । यता, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको छ ।...
कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन
प्रदेश २, समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

नेपाल अखबार, वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा  ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् । ५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए । त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प...
वीरगञ्जका मेयरलाई कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जका मेयरलाई कोरोना संक्रमण

नेपाल अखबार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् । ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उनले भने, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’ कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् । वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए । उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र ...
बारा  र पर्सामा स्वास्थ्यकर्मी, सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

बारा र पर्सामा स्वास्थ्यकर्मी, सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

इफान अलि, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए । ११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरु...
मुस्ताङसंँग सम्पर्क टुट्यो
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

मुस्ताङसंँग सम्पर्क टुट्यो

नेपाल अखबार, बलेवा  ।  बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिन भयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ । गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नस...
गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा बुधबार  थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  बिहान प्रदेशका स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा म्याग्दीका २ जना पुरुष र अन्य ३ जिल्लाका १-१ पुरुष रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।...