राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदै
नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदैछ ।
संसदीय विषयगत समितिको बैठक राख्न र जनसरोकारका विषयमा छलफल चलाउन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नै अग्रसरता लिएका छन् ।
बुधबार राष्ट्रिय सभाका अध्यक्ष दाहाल, उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालसहित संसदीय विषयगत समितिका सभापतिहरूको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गत चार वटा समिति रहेका छन् ।
विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा कुमारी दाहाल, विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कमला देवी पन्त, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माया प्रसाद शर्मा र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम गेल्जेन शेर्पा रहेका छन् ।
प्रतिनिधि सभा विघटन भएको छ । राष्ट्रिय सभाको चालू अधिवेशन समेत अन्त्य भएको छ । यो अवस्थामा संसदीय व...










