Sunday, July 12

राजनीति

उर्लाबारीमा झडप, ३ जना घाइते
राजनीति, समाचार

उर्लाबारीमा झडप, ३ जना घाइते

नेपालअखबार, विराटनगर । मोरङको उर्लाबारीमा रहेको कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनको मौन अवधिमा उर्लाबारी नगरपालिका- ६ मा रहेको तरल कफी सपमा शुक्रबार बेलुका करिब साढे ६ बजे झडप हुँदा तीन जना घाइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् । तीनै जना उर्लाबारीकै हुन् । तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार दुई समूहबीच पुरानै सिईबीका कारण झडप भएको थियो । झडपमा संलग्न उर्लाबारीका कुमार लिम्बू, आशाङ लिम्बु र रजत थापालाई पक्राउ गरेको उनले बताए । पुरानो रिसिईबीका कारण दुई समूहबीच कफी सपमा झडप भएको पाइ fightएको उनले बताए । ‘पुरानो सिसिइबीका ...
पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ
राजनीति, समाचार

पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ

नेपालअखबार, काठमाडाैं । मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले  बताए । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ । उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।...
उम्मेदवार बराललाई बिरामी भेटन् समेत अवरोध
राजनीति, समाचार, हाइलाइट-समाचार

उम्मेदवार बराललाई बिरामी भेटन् समेत अवरोध

नेपालअखबार, पाेखरा । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामजी प्रसाद बराललाई बिरामी भेट्न जाँदा उहाँका प्रत्याशी दामोदर बैरागी पक्षका कार्यकर्ताले अवरोध गरेका छन् । आज अपरान्ह अन्नपूर्ण गाउँपालिका वडा नं १ का पार्टी नेता नारायण भण्डारीकी बिरामी आमा भेट्न गएको अवस्थामा गण्डकीका अर्थमन्त्री समेत रहनुभएका बराललाई बैरागी पक्षका कार्यकर्ताले बाटोमा दुव्र्यवहार गरी होहल्ला गरेका थिए । कार्यकर्ताले उम्मेदवार बराल मौन अवधिमा चुनाव प्रचार प्रसारमा आएको आरोप लगाएका छन् । उम्मेदवार बरालमाथि दामोदर पक्षका कार्यकर्ताबाट भएको अवरोधप्रति स्थानीयले दुःख व्यक्त गरेका छन् । स्थानीयले एमालेका उम्मेदवार बैरागी पक्षको कार्यप्रति आलोचना समेत गरेका छन् । मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न नपाइने व्यवस्था रहेपनि उम्मेदवारको सामान्य जनजीवनमा ...
मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना
राजनीति, समाचार

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

नेपालअखबार,काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विश...
गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक
राजनीति, समाचार

गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

नेपालअखबार, पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गतको खण्ड फराकिलो बनाउँदै फास्ट ट्रयाक बनाउन पहल गर्ने बताएका हुन् । यस्तै पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तै उक्त रागमार्गका छेउछाउका प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने उनीहरुले बताएका छन् । पोखरा क्षेत...
ओलीले अब राजनीतिमा रहन्न भन्ने अवस्था आइसक्यो : प्रचण्ड
राजनीति, विचार, समाचार

ओलीले अब राजनीतिमा रहन्न भन्ने अवस्था आइसक्यो : प्रचण्ड

नेपालअखबार, काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा राजनीतिमा रहन्न् भन्ने अवस्था आइसकेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ द्धारा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीका सबै सिद्धान्त फेल भइसकेकाले विश्राम लिन सुझाव दिए । ‘केपी ओलीले नैतिकताका आधारमा म अब राजनीतिमा रहन्न भन्ने अवस्था भइसक्यो’ प्रचण्डले भने– ‘तर, उहाँ मान्न तयार हुनुहुन्न् । उहाँको सबै सिद्धान्तहरु असफल भइसकेका छन् । नेपालमा संविधानसभा हुन सक्दैन । समानुपातिक समानुपातिक हुँदैन । गणतन्त्र हुनुहुँदैन भन्ने थियो । उहाँको गोरु गाढावाला सिद्धान्त असफल भइसक्यो ।’ अहिले देशमा दुईवटा गठबन्धन भएपनि आफूहरूको खुला र पारदर्शी तरिकाले गठबन्धन बनाएको प्रचण्डले बताए । ‘हामी संविधानको रक्षा, राजनीतिक स्थिरता, विका...
षडयन्त्र हुनसक्ने भन्दै गठबन्धनका उम्मेदवारद्वारा मतदातालाई सचेत रहन आग्रह
राजनीति, समाचार

षडयन्त्र हुनसक्ने भन्दै गठबन्धनका उम्मेदवारद्वारा मतदातालाई सचेत रहन आग्रह

नेपालअखबार, पोखरा  । आम निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता प्रभावित पार्न नयाँ नयाँ षडयन्त्र हुन सक्ने भन्दै सचेत रहन पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आग्रह गरेका छन् । निर्वाचन प्रचार अभियान अन्तरगत कास्की २ मा आयोजित संयुक्त युवा तथा विद्यार्थी भेलामा उनीहरुले यस्तो आग्रह गरेका हुन् । ‘निर्वाचनको मिति नजिकिँदै छ, हाम्रा बिरोधीहरु विभिन्न प्रलोभन लिएर आउन सक्छन्, सचेत रहनुहोला ।’ प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनाथ बरालले भने, ‘केही मिनेटको प्रलोभनमा परेर पुरै पाँच वर्ष पछुताउने काम नगरौं ।’ कास्की २ ९१० का उम्मेदवार विश्वप्रकाश लामिछानेले पनि निर्वाचनको समय छोटिँदै जाँदा खेल हुनसक्ने भएकाले सचेत रहन आग्रह गरे । उनले अहिलेको मुख्य प्रतिवद्धता नेपाली जनतालाई सम्बृद्ध बनाउने भएको बताउँदै भाषणमा मात्रै नभई जनताको चुलोमा नै सम्बृद्धि ल्याउने बाचा गरे । ‘सम्बृद्धिको लागि सं...
पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनी रहेको अनुमान
राजनीति, समाचार

पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनी रहेको अनुमान

नेपालअखबार, एजेन्सि। उत्तर एटलान्टिक सन्धी संगठन नेटोका प्रमुख जेन सोल्टेनवर्गले पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनको हुनसक्ने बताएका छन्। रूसको क्षेप्यास्त्रको प्रतिरक्षा गर्दा युक्रेनी क्षेप्यास्त्र खसेको हुनसक्ने टिप्पणी सोल्टेनवर्गले गरेको बिबिसीले जनाएको छ। युक्रेनको सीमा क्षेत्र पोल्याण्डको प्रेजवाडोमा बुधबार क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको थियो। ‘युक्रेनले प्रतिरक्षा गर्दा क्षेप्यास्त्र खसेको हुनसक्छ हामी अनुसन्धान गर्दैछौँ,’ उनले भने। तर यसको दोषी रूसनै हुने निष्कर्ष नेटोको रहेको उनले बताएका छन् रूसले ठूलो क्षेप्यास्त्र प्रहार गर्ने बताएपछि मंगलबार युक्रेनले हवाई प्रतिरक्षा प्रणालीलाई चालु राखेको थियो। रूसले बुधबार किएभमा आक्रमण गरेको थियो। नेटोले युक्रेनलाई अझै उन्नत हवाई प्रतिरक्षा प्रणालीमा सहयोग गर्ने उनले बताएका छन्। ‘आज मैले नेटो सदस्य राष्ट्र...
आज सत्ता गठबन्धनले कोटेश्वरमा चुनावी सभा गर्दै
राजनीति, समाचार

आज सत्ता गठबन्धनले कोटेश्वरमा चुनावी सभा गर्दै

नेपालअखबार, काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं-२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती,  प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।...
प्रधानमन्त्री देउवा : मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं
राजनीति, समाचार

प्रधानमन्त्री देउवा : मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’ दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको भन्दै देउवाले सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको बताएका छन् । सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिबद्ध रहेको पनि बताएका छन् । देउवाको सन्देशको पूर्णपाठ : आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरू यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम चरणमा छौँ, लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्म हो, निर्वाचनको ऐतिहासिक म...