स्वास्थ्य बीमा राज्यको कार्यक्रम हो, भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता छैन – मन्त्री खापुङ
नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनु भएको छ ।
सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनु भएको हो ।
उहाँले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको भन्दै मन्त्री खापुङले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरूको कमि कमजोरी देखिएको बताउनु भयो । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य अनुसार सत्य तथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको भन्दै सरकार स्वास्थ्य बीमा कार्यक्रमल...










