Monday, August 10

राजनीति

जनजागरण पार्टी नेपालसँग पनि नेकपाले गर्‍यो एकता, ११ बुँदे सहमति
राजनीति, समाचार

जनजागरण पार्टी नेपालसँग पनि नेकपाले गर्‍यो एकता, ११ बुँदे सहमति

नेपालअखबार,काठमाडौं । आज एक कार्यक्रमकाबिच नेकपा र डा. विष्णुप्रसाद खनाल नेतृत्वको ‘जनजागरण पार्टी नेपाल’ बिच पार्टी एकीकरण भएको हो । पार्टी एकीकरणका लागि नेकपाका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र जनजागरण पार्टीका अध्यक्ष डा. खनालले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार जनजागरण पार्टीले आफ्नो नाम, झण्डा र चुनाव चिन्ह खारेज गरी नेकपाको विधान र राजनीतिक कार्यदिशा स्वीकार गर्ने भएको छ । जसपाका राजेन्द्र श्रेष्ठ समूह पनि आजै नेकपामा प्रवेश गरेको थियो । यसअघि नै नेकपा एक दर्जन हाराहारीका ठुला– साना पार्टीहरू मिलेर बनेको थियो ।...
फागुन २१ को चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राजनीति, समाचार

फागुन २१ को चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

नेपालअखबार,काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा आवश्यक सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ मंसिर ८ गतेको निर्णयअनुसार सेनालाई निर्वाचन सुरक्षार्थ परिचालन गरिने भएको हो। ‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।...
सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ
राजनीति, समाचार

सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी एक कैदी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–९ घर भएकी ३९ वर्षीया सरिता सुवेदी छन् । उनलाई जिउ मास्ने बेच्ने कसुरमा अदालतले १३ वर्ष कैद सुनाएको थियो । उनी सुन्धारा कारागारको महिला बन्दी गृहमा थिइन् । जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएकी थिइन् । फरार सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ठूलो भर्‍याङबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयका लागि कारागार पठाइएको सीआईबीको प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।...
नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने
राजनीति, समाचार

नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने

नेपालअखबार, काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ । विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिए । जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबिच छलफल भएको बताउँदै उनले सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी भएको जानकारी दिए । विभागीय इन्चार्जका साथै जनवर्गीय सङ्गठनको नेतृत्व व्यवस्थापनपछि निर्वाचनको तयारी गरिने ज्वालाले बताए । पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल क...
एमालेले सर्वोच्चमा पेश गरेको रिट दर्ता, पेशी १७ गते
राजनीति, समाचार

एमालेले सर्वोच्चमा पेश गरेको रिट दर्ता, पेशी १७ गते

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार) सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए । उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी गराइएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समुदाय आक्रोशित, ‘भ्रामक कुरा तत्काल फिर्ता लिनुपर्छ’
राजनीति, विचार, समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समुदाय आक्रोशित, ‘भ्रामक कुरा तत्काल फिर्ता लिनुपर्छ’

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीको एक सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि मुस्लिम समुदायले कडा आपत्ति जनाएको छ। सम्पूर्ण भिडियो नभई ‘एडिटेड’ जस्तो देखिने उक्त क्लिप सामाजिक सञ्जालमा हिजो दिनभर व्यापक रूपमा फैलियो। प्रमुख सञ्चारमाध्यमले समेत प्रसारण गरेको उक्त सामग्रीप्रति प्रधानमन्त्री कार्यालयले कुनै स्पष्टीकरण नदिएपछि यो अभिव्यक्तिलाई ‘प्रधानमन्त्रीको आधिकारिक धारणा’ मानिएको भन्दै मुस्लिम समुदायले गम्भीर आपत्ति जनाएको छ। पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले जारी गरेको प्रेस वक्तव्यका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति “निराधार, कपोलकल्पित, भ्रामक र सामाजिक सद्भाव खल्बल्याउने प्रकृतिको” रहेको छ। हुसैनले प्रधानमन्त्री जस्तो संवैधानिक पदमा बसेको व्यक्तिले कुनै धर्म–समुदायलाई लक्षित गरी संवेदनशील विषयमा गलत तथ्य प्रस्तुत गर्नु लज्जाज...
दाहसंस्कारमा सरकारी हस्तक्षेपपछि चिनियाँ गाउँमा बढ्दै विरोध प्रदर्शन
राजनीति, विश्व, समाचार

दाहसंस्कारमा सरकारी हस्तक्षेपपछि चिनियाँ गाउँमा बढ्दै विरोध प्रदर्शन

नेपालअखबार,काठमाडौं । चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको स्रोत जोगाउनका लागि शव गाड्नुको सट्टा अनिवार्य रूपमा जलाउनुपर्ने नियम बनाएका छन्। यो नियमले परम्परागत अन्त्येष्टि विधिलाई प्रतिस्थापन गर्ने भन्दै विरोध प्रदर्शन सुरू भएको हो । ‘द गार्डियन’ को रिपोर्ट अनुसार शेन्जेन र शाङ्घाई जस्ता सहरी केन्द्रहरूबाट टाढा रहेको  ग्रामिण प्रान्त हो क्विचो । निशानामा राष्ट्रपति पनि विरोध प्रदर्शनको फुटेज सामाजिक सञ्जालमा समेत फैलिएको छ। विरोध ट्र्याकिङ...
रास्वपा सचिवालय बैठकले गर्‍यो यी पाँच निर्णय
राजनीति, समाचार

रास्वपा सचिवालय बैठकले गर्‍यो यी पाँच निर्णय

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले पाँच वटा निर्णय गरेको छ। मंगलबार राति बसेको सचिवालय बैठकले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ गरेको प्रवक्ता मनिष झाले बताए। त्यस्तै बैठकले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको गत मंसिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको उनले बताए। सुशासन र द्रुत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरेको पनि उनले बताए। अहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन्। ती रिक्त रहेका पदहरू पूर्ति...
शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा
राजनीति, विश्व, समाचार

शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको छ । इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले १७ नोभेम्बरमा ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमा खान कमाललाई मृत्युदण्डको फैसला  सुनाएको थियो । अवामी लिगले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत् ट्रिब्युनलको फैसला मोहम्मद युनुसको अन्तरिम सरकारको राजनीतिक ‘षड्यन्त्र’ भएको आरोप लगाएका थियो । हसिना र पार्टीलाई अर्को वर्षको फेब्रुअरीमा हुने भनिएको आम निर्वाचनबाट बाहिर राख्ने उद्देश्यले उक्त फैसला गरिएको आवामी लिगको टिप्पणी छ । पार्टीले ट्रिब्युनललाई अवैध भन्दै उक्त फैसला अस्वीकार गरेको छ । आवामी लिगले मोहम्मद युनुसको राजीनामा मागेको छ । अवामी लिगले युनुस र उनका सहयोगीमाथि ‘मुक्ति विरोधी’ र ‘राष्ट्र विरोध’ मा लिप्त भएको आरोप लगाएक...
कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज
राजनीति, समाचार

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला डाकिएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ । राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि भेला आयोजना गरिएको छ । विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेताहरु, जिल्ला सभापतिहरु, नयाँ पुस्ता लगायतले  भेलालाई सम्बोधन गर्ने नेताहरुले जानकारी गराएका छन् । विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर संकलनका लागि अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भेलामा सशक्त र प्रभावकारी हुने बताए । विशेष महाधिवेशनका लागि काठमाडौं बाहिरबाट पनि स्वतस्फूर्त रुपमा हस्ताक्षरकर्ताहरु आउने क्रम जारी रहेको नेविसं...