Monday, September 14

विश्व

बेइजिङमा खाना डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि, सुपरस्प्रेडर बनेको आशंका
विश्व

बेइजिङमा खाना डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि, सुपरस्प्रेडर बनेको आशंका

नेपाल अखबार,  एजेन्सि। बेइजिङमा कोरोनाभाइरस संक्रमणको नयाँ क्लस्टर फेला परेको बेला चर्चित खाना डेलिभरी गर्ने प्लाटफर्मका एक ‘डेलिभरी म्यान’ कोभिड–१९ पोजेटिभ पाइएपछि उनी सुपरस्प्रेडर बनेको चिन्ता व्यक्त गरिएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार थप २९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएका थिए । यसमध्ये १३ जना बेइजिङका रहेका छन् । त्यहाँ २४९ जना संक्रमितको उपचार भइरहेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार २९ जना संक्रमित मध्ये ७ जना लक्षणबिनाका संक्रमित रहेका छन् । सोमबारसम्म ९९ जना लक्षणबिनाका संक्रमित निगरानीमा थिए । मे महिनाको अन्त्यतिर संक्रमणको नयाँ क्लस्टर फेला परेसँगै अहिले लाखौँ जनताको वृहत परीक्षण भइरहेको छ । जुन ११ देखि २२ सम्मा बेइजिङमा मात्र २४९ जना नयाँ संक्रमित फेला परेका छन् । बेइजिङका अधिकारीहरुले संक्रमणको फैलावटलाई नियन्त्रणमा लिएको बताइरहँदा चीनको चर्चित फुड डे...
कोरोनाको औषधी दाबी गर्दै भारतमा बन्यो ‘फाबिफ्लु’
विश्व, स्वास्थ्य

कोरोनाको औषधी दाबी गर्दै भारतमा बन्यो ‘फाबिफ्लु’

नेपाल अखबार, एजेन्सि। हल्का र मध्यम खाले कोराना संक्रमित बिरामीको उपचारका लागि ग्लेनमार्क फर्माक्युटिकल्सले ‘फाबिफ्लु’ (Favipiravir) नामक एन्टिभाइरल औषधी बजारमा ल्याएको छ । कोभीड–१९ विरुद्ध लड्नका लागि भारतमा पहिलोपटक तयार भएको यस औषधीको बजार मुल्य  १ सय ३ भारु प्रति चक्की राखिएको छ । ग्लेनमार्क फर्माक्युटिकल्सका अनुसार २ सय एमजी ट्याबलेटमा यो औषधी उपलब्ध हुनेछ र ३४ वटा ट्याबलेटसहितको स्ट्रिपको अधिकतम मुल्य ३५ सय भारु पर्नेछ । कोभीड–१९ को उपचारका लागि सरकारबाट स्विकृतिप्राप्त यो पहिलो भारतीय औषधी हो । कम्पनीका अनुसार फाबी फ्लु डाक्टरको प्रेस्किप्सनअनुसार प्रयोग गर्नुपर्ने औषधी हो । जसअनुसार पहिलो दिनमा १८ सय एमजीको डोज दुई पटक र त्यसपछि १४ दिनसम्म निरन्तर ८ सय एमजी डोज दैनिक दुईपटक प्रयोग गर्नुपर्नेछ । ‘हरेक बिरामीलाई न्युनतम दुई स्ट्रिप्सको हिसाब गरेर झन्डै ८२ हजार ५ सय बिरामीका लागि पहिल...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

नेपाल अखबार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३१२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख ४० हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १४ हजार ९९३ नयाँ संक्रमित थपिएका हुन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २३३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६२ हजारभन...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो
विश्व, स्वास्थ्य

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो

नेपाल अखबार, एजेन्सि। संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या एक लाख २२ जार नाघेको छ। वल्र्डओमिटरका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा एक लाख २२ हजार ६ सय दुई जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। यो मंगवलबार बिहान पौने सात बजेसम्मको तथ्यांक हो। कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा धेरै आक्रान्त छ। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार दुई सय ३९ पुगेको छ। सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने तीन सय ५५ जनाले ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या चार लाख ७३ हजार चार सय ५४ पुगेको छ। ९१ लाख ७९ हजार एक सय आठ जना संक्रमित भएका छन्। सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार आठसय ५८ जनाको ज्यान गएको छ।...
श्रीलङ्कामा मुसलमानको जबर्जस्ती दाहसंस्कार गरिएको आरोप
विश्व

श्रीलङ्कामा मुसलमानको जबर्जस्ती दाहसंस्कार गरिएको आरोप

नेपाल अखबार, श्रीलङ्का । श्रीलङ्काका मुसलमान समुदायले प्रशासनमाथि कोरोनाभाइरसको बहानामा आफूहरुमाथि भेदभावपूर्ण व्यवहार गरिएको आरोप लगाएका छन् । उनीहरुका अनुसार कोभिड–१९ काकारण भएको मृत्युको मामिलामा प्रशासनले शवको जबर्जस्ती दाहसंस्कार गरिरहेको छ जबकी यस्तो गर्न पूर्ण रुपमा प्रतिबन्ध छ । इस्लाममा मृतकलाई गाडिने गरिन्छ । मे ४ तारिखमा ४४ वर्षकी फातिमा रिनोजालाई कोभिड–१९ संक्रमणको भएको हो कि भन्ने शंका लागेपछि अस्पताल भर्ना गरिएको थियो । फातिमा तीन सन्तानकी आमा हुन् र श्रीलङ्काको राजधानी कोलोम्बोमा बस्छिन् । उनलाई सास फेर्न समस्या भइरहेको थियो र प्रशासनले उनलाई कोरोना संक्रमण भएको हो कि भन्ने शंका थियो । फातिमाका श्रीमान् मोहम्मद शफिकका अनुसार जनु दिन फातिमालाई अस्पताल भर्ना गरियो त्यसै दिन प्रशासनले उनको परिवारलाई एक तरिकाले आफ्नो कब्जामा लिएको थियो । उनी भन्छन्, ‘प्रहरी अधिकारी र सैन्य अधिका...
विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित
विश्व, स्वास्थ्य

विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक हो । अहिलेसम्म अमेरिकामा समग्रमा २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा ...
भारतमा एकैदिनमा १५ हजार सङ्क्रमित
विश्व

भारतमा एकैदिनमा १५ हजार सङ्क्रमित

नेपाल अखबार, एजेन्सी । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सबैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ । सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख दश हजार ४६१ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार २५४ पुगेको छ ।  भारतमा कूल सङ्क्रमित मध्ये एक लाख ६९ हजार ४५१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७५६ जना सङ्क्रण मुक्त भएका छन् । प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्र...
कोरोनाकाे प्रभाव : विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवाहरू
विश्व

कोरोनाकाे प्रभाव : विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवाहरू

नेपाल अखबार, एजेन्सि ।   कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छन् । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेकोे कपुसिओनीले बताइन् । “हामी विवाह गर्न उत्साहित छौं तर महामारीका कारण साथीहरु र परिवारका सदस्यहरुको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भनिन् ।  हुनत यसका पछाडि धेरै कुरा छन् । कासिमिरी, ३३–वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जीउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छै...
भारतमा सङ्क्रमितको सङ्ख्या तीन लाख ९६ हजार नाघ्यो, देहरादूनमा ४८ घण्टे लकडाउनको घोषणा
विश्व

भारतमा सङ्क्रमितको सङ्ख्या तीन लाख ९६ हजार नाघ्यो, देहरादूनमा ४८ घण्टे लकडाउनको घोषणा

नेपाल अखबार, एजेन्सि।  भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४ हजार २०९ रहेको छ । अझै उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख ६९ हजार तीन रहेको छ । यसैबीच कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै भारतको उत्तराखण्ड राज्यले देहरादून शहरमा ४८ घण्टा (दुई दिन) लामो बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरेको छ । देहरादून शहरका प्रहरी उपरिक्षक स्वेता चोबेले बन्दाबन्दीको निर्णय पुष्टि गर्दै भने, “दहरादूनमा बन्दाबन्दी शुक्रबार साँझदेखि शुरू भई सोमबार बिहान ७ बजेसम्म कायम रहनेछ । उउनले भने, देहरादूनमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सङ्क्रमण रोकथाम र नियन्त्रणका साथै विरामीको व्यवस्थापनका लागि रा...
कोरोनाबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित

नेपाल अखबार, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार  ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार ७४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण ...