पोखरा अन्तर्राष्ट्रिय म्याराथन : अपाङ्गता तर्फको दौड सम्पन्न
नेपालअखबार, पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१.३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेण्डमा पार गरे ।
यस्तै महिलातर्फको ह्विल चेयर दौड काठमाण्डौकी ऐश्वर्य कुमारी कुमालले जितेकी छन् । उनले १००० मिटरको दौड ४ मिनेट ९.८ सकेण्डमा पार गरिन् । यसै गरी महिलातर्फ काठमाण्डौकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेटमा दौड पुरा गरी दोश्रो भइन् भने पोखराकी अञ्जु बराल तेश्र...










