भारत्तोलनमा एपीएफलाई पहिलो स्वर्ण, नेपाल प्रहरीकी विद्या राईले जितिन् किर्तिमानीसहित स्वर्ण
नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले पहिलो स्वर्ण पदक जितेको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
विभागीय टिमहरु नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब चम्किंदा जारी खेलमा एपीएफ मंगलबारसम्म ३ रजत र २ कास्यमा सीमित थियो । तर बुधबार उसले स्वर्ण जित्दै पदक तालिकामा कुल पदक संख्या ६ पु¥याएको छ ।
प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।
बुधबारकै अर्क...










