Monday, May 25

खेलकुद

कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलः सेमिफाइनल समिकरण पूरा
खेलकुद, समाचार

कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलः सेमिफाइनल समिकरण पूरा

नेपालअखबार, पोखरा। पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’ र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे । अब उक्त सेमिफाइनलका खेल भोलि (शुक्रबार) हुने खेल संयोजक विषम पहारीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलो बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल गार्डेन ‘ए’ र गण्डकी स्पोर्टसबीच प्रतिस्पर्धा हुनेछ । आज भएको पहिलो क्वाटरफाइनल खेलमा एनए भेट्रान लेकसाइडले लेकसाइड निलोलाई ६–० गोलले पराजित ग¥यो । एनए लेकसाइडको जीतमा ४ गोल गरेका कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच बने । यस्तै दोस्रो क्वाटरफाइनल खेलमा गार्डेन ‘ए’ ले सबिन...
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी
खेलकुद, प्रशासन, समाचार

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी

नेपालअखबार,काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल केन्द्रीय समितिको विस्तारित बैठकले देशका सात वटै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । सोमबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको सो बैठकले प्रत्येक मण्डलीमा सचेतना तथा स्थानिय तहसम्म संगठन विस्तार गर्ने समेत निर्णय गरेको छ । विस्तारित बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष सिबी गहतराजले “हाम्रो अभियान, नेपाली ख्रिष्टियन समुदायको स्वाभिमान र पहिचान” भन्ने मुल नारालाई सार्थक बनाउन प्रत्येक विश्वासी एकजुट भएर लाग्न निर्देशन दिए । अध्यक्ष गहतराजले नेपालभित्र साथै विश्वभरी छरिएर रहेका नेपाली भाषी ख्रिष्टियन समुदायको हक हितको लागि आफूहरु सधै प्रतिबद्ध रहने बताए । सह–अध्यक्ष सुजना बस्नेतले नयाँ जिम्मेवारी पाउने सबैलाई बधाई तथा शुभकामना दिँदै पछिल्लो समयमा महासंघप्रति बजारमा अनावश्यक होहल्ला र गलत टिकाटिप्पणी...
पुन युनाइटेड बास्केटबल प्रतियोगितामा पर्वत र बनौ सेमीफाइनल प्रवेश
खेलकुद, समाचार

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा पर्वत र बनौ सेमीफाइनल प्रवेश

नेपालअखबार, पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा पर्वत बास्केटबल टिमले बौद्धलाई ६६–५६ ले हरायो । ताङतिङले काठमाडौंको बलर्स एकेडेमीलाई ४९–४२ स्कोरले पराजित ग¥यो । अर्को खेलमा मर्दीखोला ओरेन्जलाई बनौले ६५–३४ ले जित्यो । अन्तिम क्वार्टरफाइनल खेलमा नदीपुरले गलेश्वरलाई ६७–३३ ले पाखा लगायो । मर्दीखोल मरुन र नागीबिचको खेल वर...
रोजगारी सिर्जना गर्न पोखरा १३ मा आगामी शुक्रबार जब फेयर
खेलकुद, समाचार

रोजगारी सिर्जना गर्न पोखरा १३ मा आगामी शुक्रबार जब फेयर

नेपालअखबार, पोखरा । पोखरा १३ मा आगामी शुक्रबार जब फेयर कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै भन्दा प्रमुख समस्या भनेकै रोजगारी सिर्जना हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिलाउने गरी वडाले जब फेयर कार्यक्रमको अवधारणा अगाडि सारेको हो ।’, उनले भने । लायन्स र लियो क्लब पोखराको सहकार्यमा उक्त फेयर हुने वडाध्यक्ष बरालले जानकारी गराए । शुक्रबार वडा कार्यालयमा नै बिहान ९ बजेदेखि साँझ ४ बजेसम...
पोखरामा कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल हुँदै, विजेतालाई १ लाख १ हजार
खेलकुद, समाचार

पोखरामा कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल हुँदै, विजेतालाई १ लाख १ हजार

नेपालअखबार,पोखरा । पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विशन पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आगामी चैत ७ गतेदेखि ९ गतेसम्म कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो । बिक्कु गिरीका बुवा स्वर्गीय कृष्ण गिरी पूर्व फुटबल रेफ्री रहेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विशन पहारीले बताए । ‘स्वर्गीय कृष्ण गिरी पहिले फुटबल रेफ्री हुनुहुन्थ्यो । उहाँको फुटबल विकासमा योगदान छ । त्यतिमात्र नभएर विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँको सम्मान र सम्झनामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ खेल संयोजक पहारीले भने । उनका अनुसार सो प्रतियो...
पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ
खेलकुद, समाचार

पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ

नेपालअखबार,  पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । ‘मन्त्रीज्यूले प्रदेश सरकारले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छ, तपाईँहरु ढुक्क हुनुहोस् भनेर भन्नुभयो, अब हामी थप तयारीमा जुट्छौं र अवार्डलाई भव्य बनाउँछौ’ अध्यक्ष बरालले भने । मन्त्री सिंखडालाई भेट गर्न मञ्चका अध्यक्ष बराल सहित महासचिव राजाराम पौडेल, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रोहीतराज पराजुली र कृष्ण दवाडी, मञ्चका शुभचिन्तक नविन सिग्देलको टोली मन्त्रालयमा पुगेको थियो । यसअगाडि मञ...
पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार
खेलकुद, समाचार, समाज

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

नेपालअखबार, पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल खेल हुनेछ । सेमिफाइलनमा प्रतिभाले मदरल्यान्ड माविलाई र अमरसिंहले गण्डकी बोर्डिङ स्कुललाई पराजित गरेकोे हो । फाइनल खेल बुधबार विहान १० बजेदेखि सुरु हुनेछ । पहिलो सेमिफाइलनमा मदरल्यान्डलाई प्रतिभाले ६ विकेटले पराजित ग¥यो । मदरल्यान्डले दिएको ८२ रनको लक्ष्य पछ्याएको प्रतिभाले ५२ बल अगावै ४ विकेट गुमाएर पुरा ग¥यो । प्रतिभाका लागि निश्चल श्रेष्ठले सर्वाधिक २० रन बनाए । ब...
पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा
खेलकुद, समाचार

पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा

नेपालअखबार, पोखरा। एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफानइलम मदरल्यान्ड र प्रतिभा मावीबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइलनमा गण्डकी बोर्डिङ र अंमरसिंह मावि भिड्नेछन् । सेमिफाइनल खेलका विजेताले बुधबार उपाधि भिडन्त तय गर्नेछन् । सोमबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । अंमरसिंहले नेपाल भारतमैत्री विद्यालयलाई ६८ रनले पराजित गर्दै सेमिफाइलनमा प्रवेश ग¥यो । मदरल्यान्ड र गण्डकी...
सातौ विरेन स्मृति १७ औं बिटी कपमा ‘लामागाउँ च्याम्पियन’
खेलकुद, समाचार

सातौ विरेन स्मृति १७ औं बिटी कपमा ‘लामागाउँ च्याम्पियन’

सन्तोष बने सर्वाेत्कृष्ट, पोखरा । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो । लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई सर्वाेत्कृष...
बिटी कपः उपाधिका लागि एट टु नाइन र लामागाउँ भिड्ने
खेलकुद, समाचार

बिटी कपः उपाधिका लागि एट टु नाइन र लामागाउँ भिड्ने

नेपालअखबार,  पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसी ३–२ गोलले विजयी बन्यो । पेनाल्टी सुटआउटमा एट टु नाइनका धुव्र घिमिरे, किरण मगर र जीवन गुरुङले गोल गरे । यस्तै एलसी ब्रदर्शका विशाल गुरुङ र अजित गुरुङले गोल गर्दा धिरज मगरको पेनाल्टी एट टु नाइनका गोल किपर राज गुरुङले विफल पारिदिए । दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले रामघाट रामघाट एफसीलाई पेनाल्टी...