पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार
नेपालअखबार, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् ।
जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए ।
यस महिना अमेरिकी र युरोपेली पर्यटक आगमन उल्लेख्य देखिएको छ । पहिलो नम्बरमा भारतीय देखिए पनि आगमन वृद्धिदरमा अन्य देश अगाडि छन् ।
भारतबाट अक्टोबरमा १७ हजार २ सय ९८ पर्यटक आएका छन् । अमेरिकाबाट १३ हजार २ सय ८६ आएको तथ्यांक छ । बेलायतबाट ८ हजार ७ सय १८ आएका छन् । ६ हजार ७ सय ५५ पर्यटक सहित चीन चौथो स्थानमा छ ।
त्यस्तै जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कुल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत छ । युरोपेली देशबाट ४० हजार ६ सय पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (स...






