Sunday, September 21

प्रदेश ४

गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमुख भट्टले आज प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिए । दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएको थियो । संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।...
गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु, सांसदहरूले गरे प्रशंसा
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु, सांसदहरूले गरे प्रशंसा

नेपालअखबार, गण्डकी । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गरे । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए। प्रदेशसभा बैठकलाई गएको बुधबार भएको सम्बोधनपछि त्यसमा आधारित भएर मुख्यमन्त्रीलाई प्रदेशसभा सदस्यले प्रश्न गरेका थिए र उनले प्रत्येक प्रश्नको जवाफ दिएका थिए। प्रश्न गण्डकी प्रदेश क्षेत्रका थिए र अधिकांश विकास निर्माण एवं प्रदेशको चासोका विषयहरू नै थिए । गण्डकी प्रदेशसभाको यो कार्यकाल दोस्रो हो । यसअघि अघिल्लो प्रदेशसभामा यसरी मुख्यमन्त्री तथा मन्त्रीसँग प्रदेशसभाका सदस्यको सवालजवाफ अर्थात् प्रश्नोत्तर हुने गरेको थिएन । प्रदेशसभा नियमावली, २०८० मा भएको प्रावधानअनुसार बुधबार विभिन्न नौ जना सदस्यले राखेका प्रश्नको मुख्यमन्त्री पाण्डेले जवाफ दिएका हुन् । योसँगै गण्डकी प्रदेशमा पनि अब सङ्घी...
गण्डकी प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन : मुख्यमन्त्री पाण्डे
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन : मुख्यमन्त्री पाण्डे

नेपालअखबार, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन् । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजना गरिएको जिल्लास्तरीय न्यायिक समितिका पदाधिकारीको भेलालाई सम्बोधन गर्नुहुँदै उनले प्रदेश सरकारले प्राथमिकताका आधारमा मात्र विकासमा लगानी गर्ने उल्लेख गरे । “अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, गण्डकी प्रदेश सरकारको अब त्यस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति छैन”, मुख्यमन्त्री पाण्डेले भने, “आफ्ना मतदाता भड्किन्छन्, फेरि भोट दिँदैन कि भन्ने सोचेर जथाभावी लगानी गर्दै गए त्यसले कहिल्यै नतिजा दिन सक्दैन ।” उनले स्थानीय तहका जनप्रतिनिधिले पनि योजना छनोट र प्रस्ताव गर्दा धेरैभन्दा धेरैले लाभ लिनसक्ने क्षेत्रमा प्राथमिकता दिएर योजना निर्माण गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले भोट बैंकल...
‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली
प्रदेश ४, राजनीति, समाचार

‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली

ने पालअखबार,पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताउनुभएको छ । प्रदेशसभाको चालु बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञाशाको सोमबारको प्रदेशसभामा जवाफ दिने क्रममा मन्त्री जुग्जालीले संघ सरकार मार्फत सञ्चालित आयोजनाहरुमा देखिएका समस्या समाधानका लागि पनि प्रदेश सरकारले पहल र समन्वय गरेको जानकारी गराउनुभयो । यातायातको राजस्व घरबाटै बुझाउन मिल्ने गरि अनलाईन प्रणालीमा लैजान लागिएको, पोखराको यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको ट̭ायल परिक्षा बिहान ८।३० बजेदेखि सञ्चालन गरिएको, सवारी चालक अनुमति पत्र कार्यालय पोखरामा सेवाग्राहीलाई खानेपानीको व्यवस्था मिलाइएको मन्त्री जुग्जालीले बताउनुभयो । ‘संघ सरकारस...
गण्डकी उज्यालो प्रदेश घोषणा हुने
प्रदेश ४, राजनीति, समाचार

गण्डकी उज्यालो प्रदेश घोषणा हुने

नेपालअखबार, काठमाडौं । गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पुर्‍याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने गरेको थियो । तर, अहिलेसम्म पनि सरकारले त्यो लक्ष्य भेटाउन सकेको छैन । अब भने सबै यसमा बुजुली पुर्‍याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने बजेटमार्फत गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् । विद्युत सेवा नपुगेका घरमा सौर्य ऊर्जा पुर्‍याउने आलेले बताए । अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा विजुली पुगेको सरकारको भनाइ छ । एलपी ग्यासलाई प्रतिस्थापन गर्दै विद्युतीय चुलो प्रयोगमा पनि सरकारले प्रोत्साहन गर्ने भएको छ । संस्थागत सौर्य ऊर्जा कार्यक्रम पनि सञ्चालन गर्न पनि सरकारले १ करोड विनियोजन गरेको छ । प्रदेशका सबै घर परिवारलाई आधारभूत खानेपानी पुर्‍याउने पनि सरकारल...
गण्डकी प्रदेशले आज नीति कार्यक्रम सार्वजनिक गर्ने
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशले आज नीति कार्यक्रम सार्वजनिक गर्ने

नेपालअखबार, पाेखरा। पोखरा गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताए । सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।...
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कस्तो ?
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कस्तो ?

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउने तयारी गरेको छ । असार १ गते बजेट ल्याउने प्रदेश सरकारले संसदमा शुक्रबार आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । सरकारले बजेटमा कुन विषयमा जोड दिनुपर्छ ? प्राथमिकता के हुनुपर्छ ? यही विषयमा पोखरा रिसर्च सेन्टरले शुक्रबार पोखरामा प्रदेशका बहालवाला सांसद, पूर्व सांसद, आर्थिक क्षेत्रका जानकार, विषयगत विज्ञ, व्यवसायीसँग अन्तक्र्रिया गरेको थियो । अधिकांश वक्ताले प्रदेश सरकार संघबाट बजेट ल्याएर बाँड्ने माध्यममात्रै बन्न नहुने आर्थिक मामिला मन्त्री जितप्रकाश आलेलाई सुझाव दिए । ‘प्रदेश भनेको माथिबाट आएको पैसा बाँड्नेमात्रै हुनु भएन । कमसेकम प्रदेशको खर्च आफैं थामौं । यो बजेटबाट आफ्नो खर्च आफैं धान्न सक्ने योजना सुरूवात गरौं,’ पूर्वसांसद इन्द्रलाल सापकोटाले सुझाए । प्रदेशले आफ्नो आम्दानी गर्न नवलपु...
प्रकोप व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपुर्ण : मुख्यमन्त्री पाण्डे
प्रदेश ४, राजनीति, समाचार

प्रकोप व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपुर्ण : मुख्यमन्त्री पाण्डे

नेपालअखबार, पोखरा। नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौ साधारण सभा सम्पन्न भएको छ । साधाराण सभाको गण्डकी प्रदेशका नवनियुक्तमुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्याटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताए । उनले दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनिय रहेको बताए । गण्डकी प्रदेश पनि प्रकृकति प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको बताए । भुकम्पको अवस्थामा पनि रेडक्रसले ठुलो भूमिका निभएको सबैलाई थाहा छ, जनताको साथमा रहेको काम गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु, पाण्डेले भने । मुख्यमन्त्री पाण्डेले रेडक्रसको केन्द्रीय अधिवेशन केही वर्षदेखि रोकिएको भन्दै रेडक्रसको नेतृत्व गर्नेहरुमा समस्या देखिएको बताए । ६० वर्ष सम्म मानविय सहयोगको लागि काम गरेको संस्थालाई व्यवस्थित ग...
मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले भने : नेतृत्वमा आलोपालो हुन्छ
प्रदेश ४, राजनीति, समाचार

मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले भने : नेतृत्वमा आलोपालो हुन्छ

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दैैै उनले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ’ पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भने । सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए । प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उनले बताए । ‘हाम्रो प्रदेशलाई हामी आफैं कसरी सस्टेन गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं । पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं’ उनले भने, ‘कृषिमा ...
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशन शनिबार ९ गते मात्र आह्वान गरेको थियो । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । तर, मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन् । शनिबार नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । मुख्यमन्त्री अधिकारी कामचलाउ जिम्मेवारीमा छन् । सरकारको सिफारिसमा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।...