Friday, May 22

प्रदेश

सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न
प्रदेश २, प्रशासन, समाचार

सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न

इरफान अलि, वीरगञ्ज । पर्र्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए । ‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेका हौं’ उनले भने, ‘नियन्त्रणात्मक अवस्थामा १५ दिन जति निषेधाज्ञामा कडाइ गर्न सक्यौं भने कोभिड–१९ लाई जित्न सक्छौं भन्ने हो ।’ पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ । तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पस...
बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द
प्रदेश १, प्रशासन, समाचार

बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द

नेपाल बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत ३ अधिकृत र १ कर्मचारीमा कोरोना संक्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् । रासस...
पोखरामा फेरि थपिए १२ कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा फेरि थपिए १२ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा। पोखरा महानगरका १२ जना सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दिउँसो पोखराको वडा ५,६, १४, १५ र १६ का ७ पुरुष र ५ महिला सहित स्याङ्जाका २ महिलामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा-५ का मात्रै ३ पुरुष र ४ महिला सहित ७ जना रहेका छन् । यस अघि आजै पोखराका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने तनहुँका ५, पर्वतका १ र नवलपरासीका ३ गरी गण्डकीमा मात्रै ३१ जनामा कोरोना संक्रमण देखिइसकेको छ । संक्रमण पुष्टि हुनेमा १८ देखि ६७ वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३५ पुगेको छ ।...
बागलुङमा दुई जनप्रतिनिधिमा कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

बागलुङमा दुई जनप्रतिनिधिमा कोरोना संक्रमण

नेपाल अखबार, बागलुङ। बागलुङका एक वडाध्यक्षसहित दुई जना जनप्रतिनिधिमा  कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार २८ गते स्वाब दिएका उनीहरुमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई हाल धौलागिरि अस्पतालको आइसोलेसनमा  राखिएको छ । संक्रमित वडाध्यक्ष गाउँपालिकाको क्वारेन्टिन व्यवस्थापनमा खटिएको र अर्का जनप्रतिनिधि पछिल्लो समय चितवन, काठमाडौं, पोखरालगायतका ठाउँ पुगेको पाइएको जिल्ला स्वास्थ्य प्रमुख गुरौले जानकारी दिए ।...
तनहुँमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण

नेपाल अखबार, तनहुँ। तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास–१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् । प्रहरी दम्पत्तिकी आमा आमाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यमा कोरोना परीक्षण गरिएको थियो । ‘आमालाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अरु सदस्यलाई पनि स्वाब परीक्षणका लागि बोलाइएको थियो,’ ब्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले भने, ‘घरका ४ र आफन्त तथा सवारी चालकसहित ८ जनाले पोखरा गएर स्वाब दिँदा थप ४ जनामा कोरोना पोजेटिभ देखियो ।’ महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्व...
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय १६ पुग्यो
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय १६ पुग्यो

नेपाल अखबार, कैलाली ।  सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको छ । शनिबार गरिएको परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ६ सय  १६ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट १३ , डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट,  २  जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । कैलालीका ४ पुरुष, ५ महिला, कंचनपुरका २ पुरुष, २ महिला, बझाङ्ग १ पुरुष र  डडेल्धुराका १ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालय ले जनाएको हो । यसअघि नै  ४ हजार २०२ जना निको भएर घर गइसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म ४४ हजार ६८१ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३९ हजार ८५२ मा नेगेटिभ आएको उनले बताए...
पोखराका १०जनामा तनहुँ  ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका १०जनामा तनहुँ ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखरामा आइतबार बिहान १० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरामा आइतबार बिहान ६ : ३० बजे ५ जना र ९ :३० बजे ५ जना गरि १० जनामा कोरोना पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार महानगरका ६  वटा वडाका ४  महिला र ६ पुरुषमा कोरोना देखिएको हो । निर्देशनालयले बिहान ६ : ३० मा  ५ नं. वार्ड की ३३ वर्षीया महिला तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो । त्यसैगरी ९ :३० बजे पोखरा -८ का ५१ र ५२ वर्षका २ पुरुष, पोखरा २६ र २८ का १ -१  पुरुष र पोखरा ३२ की  ८६ वर्षीया वृद्ध महिलामा कोरोना देखिएको हो  । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – १  का २ पुरुष तथा २ महिलामा पनि कोरोना पुष्टि भएको छ । बिहानै ६ : ३० मा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ...
विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

नेपाल अखबार,मोरङ । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो । सापकोटाका अनुसार फोक्सोको तथा थाइरोइडको समस्या रहेको थियो । त्यस्तै उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो । उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको सापकोटाले बताए ।...
पत्रकारसहित बारा– पर्सामा ४७ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पत्रकारसहित बारा– पर्सामा ४७ जनामा कोरोना संक्रमण पुष्टि

इफान अलि, वीरगञ्ज  । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् । नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार शनिबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभिन्युज टिभीका १ जना पर्सा सम्वाददाता, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्...
पोखरामा विहानै ५ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखरामा विहानै ५ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखरामा  कोरोना संक्रमण जोखिम पोखरामा दिनदिनै बढिरहेको छ । आइतबार बिहान पोखरा महानगरका थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । महानगरका २ वटा वडाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले बिहान ५  नं. वडाकी ३३  वर्षीया महिला  तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा  कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ  । संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।  ...