Thursday, September 24

प्रशासन

असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍, त्यसपछि भेटिए कारबाही
प्रशासन, समाचार

असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍, त्यसपछि भेटिए कारबाही

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना जारी गरी विभिन्न ठाउँमा रहेका  सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए  नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो। प्रहरीले त्यस्ता हातहतियार बुझाउनका लागि असोज मसान्तसम्मको समय दिएको छ। सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ। सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने पनि मन्त्रालयले जनाएको छ।...
भूमि आयोगका कर्मचारीले भने– ‘१३ लाख आवेदन अलपत्र पारेर भूमि आयोग खारेज नगरियोस्’
प्रशासन, समाचार

भूमि आयोगका कर्मचारीले भने– ‘१३ लाख आवेदन अलपत्र पारेर भूमि आयोग खारेज नगरियोस्’

नेपालअखबार,काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै आयोगमा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ध्यानाकर्षण गराएका छन् । आयोग खारेज गरिएमा करोडौँ रुपैयाँको लगानी खेर जाने र १३ लाखभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित हुने भन्दै उनीहरूले निर्णयमा पुनर्विचार गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । आयोगले हालसम्म ८८ हजार ८९५ भूमिहीन दलित, १ लाख ६८ हजार ४४१ भूमिहीन सुकुम्वासी र ८ लाख ७२ हजार १८१ अव्यवस्थित बसोबास गरी जम्मा ११ लाख २९ हजार ५१७ निवेदनहरू दर्ता गरिसकेको छ । साउन ३० मा थप आवेदन माग गरिएकाले करिब डेढ लाखभन्दा बढी निवेदन थपिने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी हेर्दा करिब १३ लाखभन्दा बढी नागरिक आयोगका गतिविधिबाट प्रत्यक्ष प्रभावित हुने उनीहरूको भनाइ छ । यो निर्णयले राज्यको करोडौँ लगानी खेर जान...
आयोगको प्रष्टीकरण : नामावली दर्ता १६ वर्षबाटै, मत हाल्न १८ वर्ष
प्रशासन, समाचार

आयोगको प्रष्टीकरण : नामावली दर्ता १६ वर्षबाटै, मत हाल्न १८ वर्ष

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता र मतदान गर्ने उमेरको विषयमा भएको द्विधालाई प्रष्ट्याएको छ । आयोगले यसअघि जारी गरेको विज्ञप्तिमा १६ वर्ष पुगेका नागरिकले नै मतदान गर्न पाउने आशयको उल्लेख गरेको थियो । जसका कारण द्विधा भएको भन्दै पुन अर्को विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ ।जस अनुसार १६ वर्ष पुगेका नेपाली नागरिकता भएका व्यक्तिले अहिले मतदाता नामावलीमा दर्ता गर्न सक्छन् । तर मत हाल्नका लागि चाहिँ १८ वर्ष नै पुगेको हुनुपर्छ ।...
२ थान पेस्तोल र २८ राउण्ड गोलीसहित २ जना पक्राउ
प्रशासन, समाचार

२ थान पेस्तोल र २८ राउण्ड गोलीसहित २ जना पक्राउ

नेपालअखबार,काठमाडौं । दुई थान पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो ।...
जेनजी प्रदर्शनले प्रभावितमा कास्कीमा सार्वजनिक सेवा प्रवाह सहज बनाइँदै
प्रशासन, समाचार

जेनजी प्रदर्शनले प्रभावितमा कास्कीमा सार्वजनिक सेवा प्रवाह सहज बनाइँदै

नेपालअखबार,कास्की। जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि रोकिएको सेवा प्रवाहलाई क्रमशः सञ्चालनमा ल्याएको छ । बुधबारदेखि नयाँ नागरिकता, राहदानी वितरण र भारतीय पेन्सन सिफारिससम्बन्धी सेवा पुनः थालनी भएको कार्यालयले जनाएको छ । यसअघि गत शुक्रबारदेखि लेखनाथमा रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्तासँगै यसअघि दर्ता भई प्रिन्ट भएर आएका परिचपयपत्रको वितरण पनि सुरु गरिएको थियो । ‘जेनजी’ प्रदर्शन सकिएको केही दिनमै शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सुचारू गरिएकामा रोकिएका अन्य सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ । गत भदौ २४ को प्रदर्शनयता राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । कार्यालय त...
नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ
प्रशासन, समाचार

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

नेपालअखबार,काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए । उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । सहकारी ठगीमा फरार भएका शर्मालाई यसअघि सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।सहकारी ठगीका साथै उनीविरुद्ध २२ अर्ब भन्दा बढीको  सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो ।...
निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग
प्रशासन, समाचार

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोग निर्वाचन कार्यतालिका निर्माणमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबारदेखि आयोग कार्यतालिका निर्माणमा जुटेको हो । ‘निर्वाचनका लागि सामग्री संकलनदेखि दल दर्ता, उम्मेदवारी दर्ता, उम्मेदवारको प्रचारप्रसार, मतदान र निर्वाचनको नतिजा सार्वजनिकसम्मको कार्ययोजना बनाउने कार्यमा प्रारम्भिक छलफल सुरु भएको छ’ घिमिरेले भने । कार्ययोजना अनुसार तालिका बनेर सार्वजनिक हुनेछ । सरकारले हालै मतदाता संकलनका लागि बाटो खेल्दै अध्यादेश ल्याएको छ । अध्यादेश अनुसार कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर कार्यविधि आयोगले बजानेछ । यो कार्यविधि पनि आयोगले छिट्टै बनाउने र कार्यान्वयनमा लैजाने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।...
झापाबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन
प्रशासन, समाचार, समाज

झापाबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

नेपालअखबार,झापा । विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए । फरार भएकामध्ये एक जना थुनुवा आफैँ सम्पर्कमा आएको र बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए। जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाका ३६ जना र झिलझिले इप्रकाका पाँच जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन् । प्रहरीका अनुसार लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ ...
चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ
प्रशासन, समाचार, समाज

चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ

नेपालअखबार, चितवन । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२  वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उनले भने, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ । निकुञ्ज भित्रका ५७ वटा पोष्टहरुलाई सक्रिय बनाइएको उनले जानकारी दिए । उनले भने, “चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैला...
१२ दिनपछि पक्राउ परे जेन-जी आन्दोलन क्रममा कारागारबाट भागेका दुई विदेशी कैदी
प्रशासन, समाचार

१२ दिनपछि पक्राउ परे जेन-जी आन्दोलन क्रममा कारागारबाट भागेका दुई विदेशी कैदी

नेपालअखबार,काठमाडौँ । भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भागेका दुई विदेशी कैदी पक्राउ परेका छन्। बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुई जना विदेशी कैदी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कास्की कारागारबाट बाल यौनदुराचार मुद्दामा कैद भुक्तान गरिरहेका मिचेल नोर्मेन टेलर र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका जोसन लोडी मन्डी छन्। उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका-३ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए। उनका अनुसार उनीहरूलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाउने काम भइरहेको छ।...