Monday, December 22

प्रशासन

बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर
प्रशासन, शिक्षा

बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर

नेपाल अखबार, काठमाडाैं। माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई नम्बर (ग्रेडसिट) दिनका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ कार्यविधि बनाएको छ। कोरोनाको महामारीका कारण चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा स्थगित भई तत्काल सम्भव गर्न सम्भव नभएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याकंनलाई नै आधार मानेर प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ ल्याएको हो। सो कार्यविधिअनुसार विद्यार्थीको मूल्यांकनका लागि विद्यालयका प्रधानाध्यापक र दुई जना शिक्षक रहेको समिति निर्माण हुने र उक्त समितिले विद्यालयले गरेको अन्तिम मूल्यांकनाका आधारमा विद्यार्थीलाई नम्बर दिनेछ। गत वर्ष एसइई परीक्षामा सहभागी हुनका लागि चार लाख ८२ हजार दुई सय १९ व...
पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे
प्रशासन, समाचार, समाज

पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे

नेपाल अखबार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बीचमै अन्त्य गर्नुपरेको भन्दै क्षमा याचना गरेको हो । यस विषयमा बोर्डले छानविनका लागि कार्वाही प्रक्रियालाई समेत अघि बढाइसकेको जानकारी दिएको छ । के भएको थियो भर्चुअल बैठकमा ? कोभिड १९ को रोकथामका लागि पर्यटन सम्बबद्ध निर्देशिका जारी गर्न बोर्डले भर्चुअल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए । जुममा आयोजित भर्चुअल कार्यक्रम सुरु भएको केहीबेरमै पोर्न भिडियो बज्न थाल्यो । एकाएक अश्लिल भिडियो बज्न थालेपछि सबैजना केहीबेर अलमलमा परे । तर आयोजक पक्षले तत्काल बैठक रोक्यो । मन्त्री भट्टराई बोल्न सुरु गर्नासाथ अश्लिल भिडि...
छोरी जन्मिए १० हजार उपहार
प्रशासन, समाचार

छोरी जन्मिए १० हजार उपहार

नेपाल अखबार, जाजरकोट  । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए । यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरेको उनले बताइन् । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएको समेत शाहीले बताइन् । “सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी रु एक हजार ५००, स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो”, श...
नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ
प्रशासन, समाचार

नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ

नेपाल अखबार, रूकुम। नाबालिकालाई करणी प्रयासको आरोपम  एक व्यक्ति पक्राउ परेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए । प्रनि केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । रासस...
रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ
प्रशासन, समाचार

रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ

नेपाल अखबार, रूपन्देही। रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा उनकै बाबुसहित चार जना पक्राउ परेका छन्। रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेमकुमार थापाले  दिएको जानकरीअनुसार बच्चाको शवसहित उनका बाबु र अन्य तीन जना पक्राउ गरिएको हो। उनका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरका ८ वर्षीय राजेश परियारलाई गाडिएको अवस्थामा फेला पारिएको हो। उनलाई त्यही जिल्लाकाे तिलोत्तमा-४ को जंगलमा बोरामा लगेर गाडिएकाे थियाे। एसपी थापाका अनुसार ती बालक लामाे समयदेखि बिरामी थिए। त्यसका लागि उनका बाबुले गाउँमा चन्दासमेत जम्मा पारेका थिए। तर शुक्रबार बिहान अचानक ती बालकलाई जिउँदै गाडेकाे खबर आएपछि प्रहरी टाेली पुग्दा गाडिएकाे अवस्थामा फेला पारिएकाे हाे। तर उनकाे मृत्यु भइसकेकाे थियाे। एसपी थापाले घटना विस्तृत रुपमा खुलाउन चाहेनन्। ‘अहिले सबै कुरा नखुलाऔं,’ उनले भने,...
क्वारेन्टिनमा भएको बलात्कारको घटना दुःखद, संलग्नमाथि कारबाही अघि बढ्योः स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार

क्वारेन्टिनमा भएको बलात्कारको घटना दुःखद, संलग्नमाथि कारबाही अघि बढ्योः स्वास्थ्य मन्त्रालय

नेपाल अखबार,  काठमाडाैं। लम्कीचुहा नगरपालिका कैलाली १ को क्वारेन्टिनमा रहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेद प्रकट गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त घटनालाई दुःखद भन्दै खेद प्रकट गरेका हुन्। ‘उक्त घटनामा स्वास्थ्यकर्मी समेत संलग्न रहेको र समाजका अगुवा तथा शिक्षकसमेतको संलग्नता हुनु निकै दुःखद हो’, डा. गौतमले भने, ‘यस किसिमका घटना घट्नु तथा समाजका अगुवाकै संलग्नता भएकोमा नेपाल सरकार निकै चिन्तित भएको छ।’ उनले यस्ता गलत तथा घृणित काम गर्ने व्यक्तिलाई सबै क्षेत्रबाट निरुत्साहित गर्नु सबैको कर्तव्य भएको बताए। घटनामा संलग्नविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइसकेको बताए।...
सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा
प्रशासन

सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा

नेपाल अखबार, काठमाडाैं । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ । यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै ...
कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जनाको सूची सार्वजनिक (नामावलीसहित)
प्रशासन, समाचार

कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जनाको सूची सार्वजनिक (नामावलीसहित)

नेपाल अखबार, एजेन्सि। विश्वव्यापी कोरोना महामारीका कारण समस्यामा परेर कतारबाट नेपाल फर्किन चाहने नागरिकको पहिलो सूची सार्वजनिक गरिएको छ। कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्किने (सूची हेर्न यी हरिया अक्षरमा क्लिक गर्नुहोला)  ५ हजार १ सय१२ नेपालीको सूची सार्वजनिक गरेको हो। प्राथमिकतका आधारमा स्वदेश फर्किने नेपालीको सूची सार्वजनिक गरिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती, कोरोना संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको छ। यस्तै श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसाको म्याद सकिएका तथा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकालाई प...
मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर
प्रशासन, समाचार

मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर

नेपाल अखबार, काठमाण्डौ। सरकारले लकडाउन साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो बनाउँदै साइकल चल्न दिने र् मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । सबै प्रकारका ढुवानी सहित व्यक्तिहरुको पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले पैदल आवागमनका क्रममा भिडभाड नगर्न र सुरक्षा अपनाउन अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने निर्णय समेत सरकारले गरेको छ ।  यसरी जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले जनाए । निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छ...
नवजात शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ
प्रशासन, समाचार

नवजात शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

नेपाल अखबार, काठमाडौं । अवैध गर्भाधानबाट जन्मिएको नवजात शिशुको हत्या गरी फरार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । २०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन हत्या गरेर फरार भएकी थिइन् । प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई बिहीबार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई कर्तब्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि आज मिति शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालत कुश्मा पर्वतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...