ब्याजदर घटाउनुपर्ने मागसहित पोखरा चेम्बरको राष्ट्र बैंकलाई ज्ञापनपत्र
नेपालअखबार, पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ ।
चेम्बर कास्कीले आज (मंगलबार) बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुदेँ माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका प्रमुख रामशरण खरेलमार्फत ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्र खरेललाई हस्तान्तरणपश्चात बोल्दै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पिडा दिएको बताए ।
‘कोभिड १९ ले व्यवसायीहरुसमेत अछुत रहन सकेन’, उनले भने, ‘कोभिडपछि रुस र युक्रेनको युद्धका कारण धरापमा परेको नेपाली व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर व्यवसायीलाई थप पिडामा राखेको छ । य...

