Thursday, July 23

राजनीति

हुम्ला काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्षमा रावल
राजनीति, समाचार

हुम्ला काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्षमा रावल

नेपालअखबार, काठमाण्डौ ।  नेकपा ( एकीकृत समाजवादी ) अन्तर्गतको हुम्ला काठमाण्डौ सम्पर्क मञ्चको भेला सम्पन्न भएको छ । भेलाले  हरि रावलको अध्यक्षतामा  १५ सदस्यीय हुम्ला काठमाण्डौ सम्पर्क मञ्च  सर्वसम्मतिले चयन गरेको छ  । मञ्चको उपाध्यक्षमा सुरेन्द्र बुढा ,सचिवमा प्रवजन उपाध्याय ,उपसचिवमा कलावती तामाङ र कोषाध्यक्षमा कविता शाही चयन हुनु भएको छ । मञ्चका सदस्यहरूमा  पुष्कर शाही , सरिता रम्तेल, धन रावल , मदन परिवार , मिजरा टमटा र धनलाल परिवार रहनु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णय अनुसार संगठन सुदृढीकरण अभियान अन्तर्गत सबै तहका कमिटी अद्यावधिक र पुनर्गठन गर्ने क्रममा विहीबार काठमाण्डौमा हुम्ला काठमाडौँ सम्पर्क मञ्चको भेला आयोजना गरिएको हो  । भेलालाई नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, पोलिटब्युरो सदस्य विजय गुरुङ, केन्द्रिय सदस्य  हस्त बह...
उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
राजनीति, समाचार

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

नेपालअखबार, काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङलाई हराउदै आठ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।...
प्रचण्ड र माधव नेपालहरूले राजनीतिमा बेइमानी गरे- केपी ओली
राजनीति, समाचार

प्रचण्ड र माधव नेपालहरूले राजनीतिमा बेइमानी गरे- केपी ओली

नेपालअखबार, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाएका छन्। विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकीर थियो। शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गरे। अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेईमानी गरेको बताए। उनले खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका छन्। निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीले ...
ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय
राजनीति, समाचार

ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय

नेपालअखबार, काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ । जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए । सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय  झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।...
गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ – अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुग्नुभएका नेपालले सञ्चारकर्मीसँग  प्रतिक्रिया दिँदै गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गर्नुभयो । “भागबन्डामा अल्मलिने भन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने कुरा चिन्ताको विषय हुन्छ”, उहाँले भन्नुभयो, “कुनै पनि समस्याको वैज्ञानिक समाधान खोज्नुपर्छ, सहकार्यको निम्ति पनि औचित्यपूर्ण ढङ्गबाट पुष्टि गर्ने किसिमबाट अगाडि बढ्नुपर्छ, त्यसो भयो भने सबै समस्याको समाधान हुन्छ ।” नेता नेपालले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जस्तो प्रकारको गठबन...
जनताको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल
राजनीति, समाचार

जनताको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्न नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए । उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रीक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको बताए । उनले समावेशी लोकतन्त्रीक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए ।  राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए ।उनले भने, ‘जनताको हातमा सम्पूर्ण सत्ता ...
रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय
राजनीति, समाचार

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय

नेपालअखबार,काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिए। श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्। नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई  उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ। उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ। आफूले उम्मेदवार उठाउनेबारे ८ दलसँग कुराकानी गर्ने चौधरीले बताए।...
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
राजनीति, समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

नेपालअखबार, काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्। उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन्। यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुह्यश्वरी मन्दिरमा पूजा गरेका थिए। पूजा सकेर उनी आजै सुन्दरीजलस्थित बिपी संग्रहालय जाने कार्यक्रम छ। त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गर्ने तथा संग्रहालयको अवलोकन गर्नेछन्। उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम छ। पूर्वसभामुख रहेका उनले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए। नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिने जनाइएको छ।...
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे शुक्रबार विहानको उनको निवास बोहराटार पुगेका थिए । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना  व्यक्त गरे । सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् । सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना ...
माओवादी धारका दलहरूको बैठक सकियो, दबाबमूलक कार्यक्रम घोषणा हुँदै
राजनीति, समाचार

माओवादी धारका दलहरूको बैठक सकियो, दबाबमूलक कार्यक्रम घोषणा हुँदै

नेपालअखबार, काठमाडौँ । माओवादी धाराका दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको बैठकमा सहभागी नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाले जानकारी दिए । फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने दलहरूको तयारी छ । अन्तिम दिन प्रदर्शन गर्ने भनिए पनि मिति तय नभएको उनले बताए । बैठकमा माओवादी केन्द्र, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए। प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रि...