Wednesday, July 22

राजनीति

कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक
राजनीति, समाचार

कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक

नेपालअखबार,  काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बोलाइएको छ । कांग्रेसले शनिवार दिउँसो सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो ।  कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ  । राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल हुने छ । बिहीबार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा विपक्षी मोर्चाबीच छलफल भएर उम्मेदवारी टुंगो लगाउने निर्णय गरेको थियो । माघ २२ गते राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवार दर्ता गर्ने निर्वाचन कार्यपालिका छ भने २३ गते मध्यान्ह १२ बजे निर्वाचन हुनेछ । लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा व...
कैलाली-२ मा सांसद चौधरी जेल परे पछि
राजनीति, समाचार

कैलाली-२ मा सांसद चौधरी जेल परे पछि

नेपालअखबार, काठमाडाैं । कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा निर्वाचिअ कारागार चलान भएका छन्। ट्याक्टरमा आगजनी गरेको कसुरमा चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। उनी कारागार चलान भए पनि उक्त क्षेत्रमा उपनिर्वाचन भने हुने छैन। सांसद जेल परेको अवस्थामा स्थान रिक्त नहुने भएकाले कैलाली-२ मा उपनिर्वाचन गर्नु पर्दैन। संविधानको धारा १०३ को उपधारा ६ ले कुनै पनि सांसद प्रकाउ परे त्यसको सूचना सम्बन्धित सदनमा गराउनुपर्ने व्यवस्था गरेको छ। त्यसअनुसार उनी पक्राउ परेको सूचना प्रतिनिधि सभाको सभामुखले संसदमा दिनुपर्नेछ। ‘फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न सकिने र त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिल...
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
राजनीति, समाचार

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

नेपालअखबार, काठमाडौं । असल नियतले समयभित्रै सम्पन्न गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको मिति तय गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै आयोगले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न पनि अन्त्य हुने जनाएको छ । निर्वाचन आयोगले भदौ २५ गते र उपराष्ट्रपति पदको निर्वाचन फागुन ३ गते तोकेको छ । तर राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको भन्दै आयुक्त ईश्वरी न्यौपानेले नै फरक मत राखेका छन् । शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘मिति तय नहुँदा पनि प्रश्न उठ्यो, मिति तय भएपछि पनि प्रश्न उठ्यो । त्यसकारण अब हामी तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्छौं । त्यसपछि प्रश्नचाहिं अन्त्य हुनेछ । तर एउटा के प्रण गर्नु जरुरी...
सांसद चौधरी कारागार चलान
प्रशासन, राजनीति, समाचार

सांसद चौधरी कारागार चलान

नेपालअखबार, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए। ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो। उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो। द...
मलेसियाका गृहमन्त्री र नेपालका श्रम मन्त्री नेतृत्वको प्रतिनिधिबीच भेटवार्ता
राजनीति, समाचार

मलेसियाका गृहमन्त्री र नेपालका श्रम मन्त्री नेतृत्वको प्रतिनिधिबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक भेटवार्ता सुरू भएको छ। सोल्टी होटेलमा सुरू भएको वार्तामा भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो। नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गर्नेछ। यस्तै नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने पनि बताइएको छ। बिहिबार काठमाडौं आएका मन्त्री नासुसनले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट सुरू गरेका हुन्। तीन दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतलाई ...
गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय
राजनीति, समाचार

गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

नेपालअखबार, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले गुठी जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरु गरिएको जानकारी दिए । मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको छ । मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरेर...
आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
राजनीति, समाचार

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

नेपालअखबार, दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ । यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका थिए ।...
आज पनि सांसदहरूलाई अभिमुखीकरण तालिम
राजनीति, समाचार

आज पनि सांसदहरूलाई अभिमुखीकरण तालिम

नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो । प्रतिनिधिसभामा विजयी भएका सांसदहरू के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरूले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ  । जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफ्ना अनुभव साटेका थिए । आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संसद् सचिवालयको ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
राजनीति, समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए । आजको बैठकमा नेताहरूले गृहमन्त्री चयन, राष्ट्रपति निर्वाचन र पार्टीको जिम्मेवारी हेरफेर लगायत विषयमा धारणा राख्ने एक नेताले बताए । उनले गृह मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले गठबन्धन संकटमा परेको ब्रिफिङ गरेका थिए । नागरिकता विवादपछि सांसद र गृह मन्त्री पद गुमाएका रविले पुनः नागरिकता लिएपछि गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय कसैलाई नदिने बताउँदै आएका छन् । नेकपा एमालेस...
नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम पक्राउ सांसदलाई छाड्न
राजनीति, समाचार

नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम पक्राउ सांसदलाई छाड्न

नेपालअखबार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो । ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा उल्लेख छ । कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । तर उनी त्यो सजाय भुक्तान नगरी सांसद निर्वाचित भएका थिए । बाँकेमा पक्राउ परेका  चौधरीलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर फेरि धनगढी लागिएको छ।...