Tuesday, May 5

राजनीति

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने
राजनीति, समाचार

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

नेपालअखबार, काठमाडाैं । जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौंमा बिहिबार सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लु प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने तथा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानको समसामयिक कानूनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने विषयमा छलफल भएको थियो । संयुक्त कार्यसमितिको तेस्रो बैठक ...
यसपटकको चुनावमा लड्नैपर्ने र जित्नै पर्ने परिस्थितिको माग छ -अध्यक्ष नेपाल
राजनीति, समाचार

यसपटकको चुनावमा लड्नैपर्ने र जित्नै पर्ने परिस्थितिको माग छ -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ ।   नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  यसपटकको चुनाव लड्नैपर्ने र जित्नै पर्ने परिस्थितिले माग गरेको बताउनु भएको छ । बिहीवार काठमाण्डौमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो सङ्केत गर्नुभएको हो । अध्यक्ष नेपालले  अबको पाँच वर्षपछि भने सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत समेत गर्नुभएको छ । ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र यस पटकको चुनाव लड्नै पर्ने परिस्थिति सृजना भएको भन्दै  ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गर्नुभयो । उहाँले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताउनुभयो ।  यस पटकको चुनावमा त लड्नै पर्छ । जित्...
पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार
राजनीति, समाचार

पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार

नेपालअखबार, काठमाडाैं । थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको आन्दोलन र घेराबन्दीको चक्रव्यूहमा फस्ने अर्को शैक्षिक संस्था त होला नि भन्ने अनुमान गर्न नसकिने होइन तर अब खुल्ने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ती संज्ञाबाट नितान्त फरक र मौलिक हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमाणीकरणसँगै यो नयाँ विश्वविद्यालय सञ्चालनको वैधानिक बाटो खुलेको छ । विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक हुने यो विश्वविद्यालयको विधेयक प्रतिनिधिसभाको गत असार २० गतेको  बैठकबाट पारित भएको थियो । त्यसपछि राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रप...
मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना
राजनीति, समाचार, हाइलाइट-समाचार

मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

नेपालअखबार, काठमाडाैं । मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले  बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ। बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए ।  निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ । तर, सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दै आएको छ ।...
नेता र कर्मचारीकोे पैसाकहाँलुकाउने भन्ने चिन्ताले मुलुकबिग्रियो ः मन्त्री चौधरी
राजनीति, समाचार

नेता र कर्मचारीकोे पैसाकहाँलुकाउने भन्ने चिन्ताले मुलुकबिग्रियो ः मन्त्री चौधरी

नेपालअखबार,  काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेतातथाकर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुकबिग्रिएको बताउनुभएको छ । उहाँले बुधबार राजधानीमाआयोजितमन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षातथाआगामीवर्षको कार्यक्रमकार्यान्वयनबारे ३ दिने गोष्ठीलाई सम्बोधनगर्दै यस्तो बताउनुभएको हो । सरकारमा सहभागी भएपछि मन्त्रीनै अवैध आम्दानी, सन्तानकालागि सम्पत्ति जोड्ने, कमिसनमाध्यानदिने र कर्मचारी पनित्यहीक्रियाकलापमा संलग्नहुने गरेको मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्तिआर्जन गरेर पैसा कहाँलुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताउनुभएकामन्त्री चौधरीले आगामीआर्थिक वर्षमामन्त्रालयलेकार्य प्रगति र कार्यक्रमकार्यान्...
जनता ठगीमा नपरुन् :  अध्यक्ष नेपाल
राजनीति, समाचार

जनता ठगीमा नपरुन् : अध्यक्ष नेपाल

नेपालअखबार,  रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताए । रौतहटका विभिन्न नगरपालिकाहरुमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरुको शिलान्यासका क्रममा रौतहट पुगेका नेपालले गौरमा आयोजित समारोहमा सो धारणा राखेका हुन् । सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरु समयमै सकिने धारण राखेका थिए । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७९÷ ०८० को वार्षिक विकास कार्यक्रम अनुसार विनियोजित सहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका –२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानसम्मका योजनाहरु रहेका छन् । गौरमा बन्ने सभाहलको अनुमानित लागत २० करोड रहेको छ । ५०० सिट क्षमताको सभा हल करिब ६ कट्ठा क्षेत्रफलमा बन्ने छ । वातानुकुलित, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी, आपतकालीन द्वारहरु, वाट...
आज संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

आज संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।...
रौतहटमा नेपालले  ४२ करोडका योजना शिलान्यास  गरे
राजनीति, समाचार

रौतहटमा नेपालले ४२ करोडका योजना शिलान्यास गरे

नेपालअखबार, , रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सोमबार रौतहट सदरमुकाम गौरमा ४२ करोडका विभिन्न योजनाको शिलान्यास गरेका छन । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण मन्त्रालयको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा विभिन्न सडकहरुको अध्यक्ष नेपालले शिलान्यास गरेका छन । गौर नगरपालिका–२ मा तीनसय दर्शक क्षमताको टाउन हलको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री नेपालले रौतहटको समग्र विकासका लागि आफू सदैव लागिरहेको बताएका छन् । सदरमुकाम गौरको विकासका लागि यी योजनाहरुले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारले रौतहटको विकासका लागि विभिन्न योजनाहरु राखेको बताए । टाउनहल, विवाह भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडकहरु समयमै...
सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ
राजनीति, समाचार

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

नेपालअखबार,  काठमाडौं।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ । आज मन्त्रालयमा समितिको प्रतिवेदन बुभ्mदै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो । सहकारीहरु मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले सहकारीहरु समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह समेत गर्नुभयो । मन्त्री श्रेष्ठले सहकारी अभियान र आन्दोलानलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिन्छ भन्नेमा मन्त्रालय विश्वस्त रहेको बताउनु भयो । उहाँले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीह...
कला, संस्कृति भनेको देश चिनाउने गहना हो : अध्यक्ष नेपाल
राजनीति, समाचार

कला, संस्कृति भनेको देश चिनाउने गहना हो : अध्यक्ष नेपाल

विमल, विष्ट,  डोटी  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कला, संस्कृति भनेको देश चिनाउने एक गहना भएको बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालसाक्य बौद्व गुम्बाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृती र धर्मको संरक्षण तथा सम्बद्धन गर्न जरुरी छ ।” सोही अवसरमा बोल्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रबद्धधनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिहरुलाई जोगाएर राख्नु पर्ने धारणा राख्नु भयो । कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने ...