Saturday, July 11

राजनीति

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी
राजनीति, समाचार

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी

नेपालअखबार,  धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरुको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’ जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने सुनाउँदै भने, ‘तपाईंहरु फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउन...
राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव
राजनीति, विचार, समाचार

राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव

नेपालअखबार । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्। पूर्वराष्ट्रपति यादवले कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन्। ‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो। प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’ उनीसँगको थप अन्तर्वार्ता केही बेरमा प्रकाशित हुनेछ। संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।...
सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
राजनीति, समाचार

सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ । सत्ता गठबन्धनको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।...
एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न
राजनीति, विदेश, समाचार

एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो संगठनलाई बिस्तार गर्दै लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको प्रथम अधिवेशन अमेरिकास्थित न्युयोर्कमा सम्पन्न भएको छ। अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अनलाइन जुममार्फत सम्बोधन गरेका थिए । अधिवेशनले शंकर पन्तको अध्यक्षतामा २५ सदस्यीय अमेरिका राष्ट्रिय कमिटी सर्वसम्मत गठन गरेको हो। कमिटीको वरिष्ठ उपाध्यक्ष बनिता कतिला र क्षेत्रीय संयोजकहरूमा क्रमशः दक्षिण पश्चिम उद्धव खनाल, डिसी मेट्रो टंक कुँवर, मध्यपश्चिम सरस्वती मुखिया, उत्तरपूर्व सोमेन्द्र रन्जित रहेका छन् । त्यसैगरी अधिवेशनले महासचिवमा युवराज खनाल, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा शुसिला पौडेललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा शम्भु कटुवाल ,खगराज पौडेल, डा प्र...
गठबन्धनको बैठक : प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमतिको प्रयास जारी
राजनीति, समाचार

गठबन्धनको बैठक : प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमतिको प्रयास जारी

नेपालअखबार,  काठमाडौं । सत्ता गठबन्धनका दलहरु प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा व्यस्त भएका छन् । सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई पुनः निरन्तरता दिएका हुन् । सत्ता गठबन्धनका शीर्ष तहका नेता सहित सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महास...
नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाप्रति सरकार सशंकित
राजनीति, समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाप्रति सरकार सशंकित

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक समयसीमाभित्र नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि सरकार सशंकित बनेको छ । मंगलबारको संवैधानिक समयसीमा सकिन एक दिन मात्र बाँकी रहँदा पनि राष्ट्रपतिबाट संकेत नपाएपछि विधेयक प्रमाणीकरण नभए के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलसँग छलफलसमेत थालेका छन् । प्रतिनिधिसभा अन्त्य भइसकेको अवस्थामा नागरिकता विधेयकमाथि राजनीति गरेर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण धमिलो बनाउन खोजेको आशंका सत्ता गठबन्धन दलले गरेका छन् । समानुपातिक उम्मेदवार छनोट गर्ने बैठकमा व्यस्त भइरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा सोमबार बालुवाटारमा करिब आधा घण्टा छलफल गरेका छन् । राष्ट्रपतिले संविधान दिवसका अवसरमा आयोजना गरेको चियापानमा जानुअघि देउवा र दाहालबीच बालुवाटारमा ...
प्रेम आलेको आक्रोश डोटीमा गठबन्धन नभए कहिँ पनि हुन्न
राजनीति, समाचार

प्रेम आलेको आक्रोश डोटीमा गठबन्धन नभए कहिँ पनि हुन्न

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले डोटीमा नेपाली कांग्रेसका नेताहरुले गठबन्धन गर्न नहुने भनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर कांग्रेस नेताहरुले भेला गर्दै हिँडेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ‘मेरो जिल्लामा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरु गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन । ७७ जिल्लामै गठबन्धन हुनु भएन । यदि गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने । स्थानीय तह निर्वाचनमा डोटीका ९ स्थानीय तहमा एकीकृत समाजवादीले १० वटा वडामा मात्र उम्मेदवारी दिएर अरु दललाई छाडिदिएको आले...
समानुपातिकको बन्दसूची बुझाउन एकीकृत समाजवादी आयोगमा
राजनीति, समाचार

समानुपातिकको बन्दसूची बुझाउन एकीकृत समाजवादी आयोगमा

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगमा समाजवादीका नेताहरु दिउँसो सवा ३ बजे पुगेका हुन् । बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको हो ।  आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे । उनले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए  ।...
आज कांग्रेस, एमाले, माओवादीलगायत दलले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने
राजनीति, समाचार

आज कांग्रेस, एमाले, माओवादीलगायत दलले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्। आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ। आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए। बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्। नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो। माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ। मंसिर ४ मा...
अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको छन् : माधव नेपाल
राजनीति, समाचार

अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको छन् : माधव नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, ‘दुई दुई पटक असंवैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृति विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वाञ्छनीय हुनेछ ।’ आठौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् । ‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएक...