Saturday, August 8

राजनीति

अध्यागमन प्रणाली थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यक : गृहमन्त्री
राजनीति, समाचार

अध्यागमन प्रणाली थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यक : गृहमन्त्री

नेपालअखबार, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताएका छन् । बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरू बढिरहेको उल्लेख गर्दै ती अपराधहरू न्यूनीकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताए । ‘विश्वव्यापी रुपमा अन्तरदेशीय तथा सीमापार सीमापार अपराधहरू (क्रस बोर्डर) अपरामा वृद्धि भइरहेको छ । यसका साथै अपराधमा प्रविधिको व्यापक प्रयोग भई नवीन प्रकृतिका अपराधहरू बढिरहेका छन् । यस्ता नवीन प्रकृतिका विश्वव्यापी अपराधलाई पहिचान गरी अपराध न्यूनीकरण तथा नियन्त्रण गरी राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सबलीकरण गर्न अध्यागमन प्रणालीको आधुनिकीकरण ...
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग पालैपालो छलफल गर्दै आयोग
प्रशासन, राजनीति, समाचार

समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग पालैपालो छलफल गर्दै आयोग

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ। पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए-नमिलाएको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए। बुधबार १२ दलका प्रतिनिधिको रोहबारमा छलफल भएको बताउँदै आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको उनले बताए। आयोगमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। त्यसमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन्। सूचीअनुस...
आफ्नाविरुद्धका सबै मुद्दा फिर्ता गर्न प्रसाईंको माग
राजनीति, समाचार

आफ्नाविरुद्धका सबै मुद्दा फिर्ता गर्न प्रसाईंको माग

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका दुर्गा प्रसाईंले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रधानमन्त्रीसहितको उपस्थितीमा भएको वार्तामा प्रसाईंले १५ चैतको घटनाका बारेमा आफूलाई चलाइएका मुद्दा र अन्य मुद्दाहरू समेत फिर्ता गर्न माग राखेको स्रोतले बतायो । ‘उहाँले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न माग राख्नु भएको छ । यो सँगै जेनजीका मुद्दाहरुका विषयमा पनि कुरा उठाउनु भएको छ’ स्रोतले भन्यो । आफ्ना मुद्दा फिर्ता गर्न माग राखेका प्रसाईंले २४ भदौको घटनामा जेनजीहरुलाई पक्राउ गर्दै मुद्दा चलाइएका त्यो पनि फिर्ता गर्नुपर्ने माग वार्तामा राखेका छन् । त्यसैगरी कसैलाई पनि कालोसूचीमा नराख्न प्रसाईंले माग गरेका छन् । ‘अब यो सरकारसँग धेरै माग त के राख्नु, जोगीसँग हात्ति मागेजस्तो हुन्छ । मुद्दा फिर्ता लिनुस्, कसैलाई पन...
भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध
राजनीति, समाचार

भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले भारतमा बसेर व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएको छ । कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेखेर विरोध जनाएका हुन् । उनका अनुसार कांग्रेसबाट सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको व्यक्ति दाबी गरिएको छ । विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक सदस्यमा सिफारिस भए भनेर उनले प्रश्न उठाएका छन् । केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर पार्टी संगठन विस्तारमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताको मनोबल गिरेको र संगठनभित्र निराशा तथा विद्रोहको भावना सिर्जना भएको पत्रमा उल्लेख छ । पार्टीमाथि चौतर्फी आक्रमण भ...
एमालेको समानुपातिक सूची– झापाबाट ९ जनाको प्रतिनिधित्व
राजनीति, समाचार

एमालेको समानुपातिक सूची– झापाबाट ९ जनाको प्रतिनिधित्व

नेपालअखबार, काठमाडौँ ।  नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग सदस्यसहित १४ जनाको प्रतिनिधित्व छ। गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको छ। यसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो छन्। झापापछि काठमाडौंबाट ७ जनाको प्रतिनिधित्व छ, जसमा लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडेको नाम समावेश छ। धनुषाबाट पनि ७ जनाकै प्रतिनिधित्...
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राजनीति, समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालअखबार,मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराए । आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको  कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिए । निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २०८२ पुस १९ गते बिहान १० : ०० देखि ११ : ०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने छभने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते ३:०० बजेदेखि ४:०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसैगरी, पुस २३ गते बिहान १०:...
तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा अघि बढेका छाैँ : प्रधानमन्त्री
राजनीति, समाचार

तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा अघि बढेका छाैँ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार काठमाडौँमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्कीले सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन गर्ने गरी वर्तमान सरकार गठन भएको भन्दै सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेको बताएकी हुन् । उनले राजनीतिक परिवर्तनले समयानुकूल आम नागरिकको जीविकामा सुधार नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसर नभएको र आचरण र व्यवहार पनि न्यायपूर्ण हुन नसकेका कारण जेनजी आन्दोलन हुन पुगेको उल्लेख गरिन् । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै...
जापानकी प्रधानमन्त्री ताकाइची नै गरिन् संसद भवनमा महिला शौचालय थप्न माग
राजनीति, विश्व, समाचार

जापानकी प्रधानमन्त्री ताकाइची नै गरिन् संसद भवनमा महिला शौचालय थप्न माग

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सनई ताकाइचीले सहित जापानका झण्डै ६० जना महिला सांसदहरूले संसद भवनमा शौचालयको संख्या थप गर्न माग गरेका छन्। पुरूष प्रधान जापानको केन्द्रीय संसद 'डायट' को मुख्य बैठक हल नजिकै महिलाका लागि दुई वटा मात्र कोठा भएको एउटै शौचालय छ। परम्परागत रूपमा पुरूष मात्रै सांसद हुने भए पछिल्लो समयमा महिला सांसदको संख्या पनि केही बढ्न थालेको छ। पछिल्लो निर्वाचनमा ७३ जना महिला तल्लो सदनका लागि निर्वाचित भएका थिए। भर्खरै ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। तर एक पटकमा दुई महिलाले मात्रै शौचालय प्रयोग गर्न मिल्ने भएकाले हरेक बैठकअघि उनीहरूले लामो लाम लाग्नुपर्ने हुन्छ। त्यसैले महिलाहरूको बढ्दो प्रतिनिधित्व अनुसार शौचालय थप्न भनेर प्रधानमन्त्री ताकाइचीले सहित झण्डै ६० जना महिला सांसदहरूले गर्दै निवेदन दर्ता गराएको द गार्डियनले जनाएको छ। जापानक...
रुकुम (पूर्व) का नेताको माग हालको उम्मेदवार सिफारिस बदर गरी प्रचण्डलाई एकल सिफारिस गरियोस्
राजनीति, समाचार

रुकुम (पूर्व) का नेताको माग हालको उम्मेदवार सिफारिस बदर गरी प्रचण्डलाई एकल सिफारिस गरियोस्

नेपालअखबार,काठमाडौं । रुकुम (पूर्व)का ७३ जना पार्टी नेता तथा कार्यकर्ताले आगामी प्रतिनिधि सभा निर्वाचनमा हाल सिफारिस गरिएका उम्मेदवार बदर गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल रूपमा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न माग गरेका छन् । ऐतिहासिक रूपमा दश वर्षे जनयुद्धको केन्द्र रहेको र शहिद, घाइते तथा संघर्षशील जनताको भूमिका रूपमा चिनिने जिल्ला भए पनि २०६४ सालपछि निर्वाचित जनप्रतिनिधिले अपेक्षित विकास र सामाजिक न्याय दिन नसकेको उल्लेख गरेका छन् । पत्रमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चारलगायत आधारभूत सेवा–सुविधामा रुकुम अझै पनि पछि परेको उल्लेख गर्दै जिल्लाको ऐतिहासिक भूमिका र जनताको अपेक्षा सम्बोधन गर्न पार्टी संयोजक प्रचण्डको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक रहेको दाबी गरिएको छ उनीहरूले पार्टी केन्द्रबाट जारी सर्कुलर, उम्मेदवार छनोट मापदण्ड, पार्टी विधान र राज...
लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न सरकार उदार देखियो : माधव नेपाल
राजनीति, समाचार, समाज

लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न सरकार उदार देखियो : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले गत भदौ २४ गतेको हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकार गम्भीर नदेखिएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले यस्तो बताएका हुन् । उनले सिसिटिभी क्यामेरा र भिडियोहरूमा स्पष्ट प्रमाण हुँदाहुँदै पनि दोषीहरूलाई पक्राउ नगरिनु आपत्तिजनक रहेको बताए । उनले भने, “सिसिटिभी क्यामेराले देखाइरहेको छ, तोडफोड गर्ने को–को हुन् थाहा भइरहेको छ, तर गिरफ्तार हुँदैनन्, दण्डित हुँदैनन्। चोरीको सामानसहित मान्छे फेला परेका छन्, तर कुनै सजाय दिइँदैन। यसले सरकारको कार्यक्षमतामाथि प्रश्न खडा गरेको छ।” आन्दोलनको नाममा भएको विध्वंस, आगजनी र लुटपाटलाई सरकारले उदारतापूर्वक हेरेको भन्दै उहाँले यसले भव...