एकै दिन समानुपातिकतर्फ ३३ दल दर्ता
नेपालअखबार,काठमाडौं । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको छ ।
आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको छ । यही मंसिर २३ गतेसम्म समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिन्छ ।
आइतबार पहिलो दिन समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि ३३ दलले दल दर्ताको निवेदन दिएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ ।
आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ ।
प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।
विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रण...









