Sunday, August 23

विचार

एकीकृत समाजवादीसँगको पार्टी एकताबारे हानिकारक हुन सक्छ  :  जनार्दन
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीसँगको पार्टी एकताबारे हानिकारक हुन सक्छ : जनार्दन

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’ उक्त बैठकमा प्रचण्डले भने एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका छन् । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने

नेपालअखबार,काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्। केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनः गठनको माग गरेको बताएका हुन्। 'अब हामी अर्को पार्टी बनाउँछौं। यसको स्वरूप कस्तो हुन्छ, त्यो अहिले नै तय भएको छैन। तर पार्टी पुनः गठन गर्छौं नै,' उनले भने। क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने पनि उनले बताए। अध्यक्ष माधवकुमार नेपालले एकता प्रस्ताव अनुमोदनका लागि आग्रह गरेलगत्तै आफूले बोल्न खोज्दा समय उपलब्ध नगराइएको उनले बताए। 'यस्तो तानाशाही तरिकाले पार्टी चल्दैन। क्रान्तिकारी पार्टी निर्माण गर्ने अवसर आएको छ। हामी त्यो कार्यभार पूरा गर्छौं,' उनले भने। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय ...
नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको छ । बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका हुन् । यद्यपि, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित ६० भन्दा बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका थिए ।...
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौं: पुन
राजनीति, विचार, समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौं: पुन

नेपालअखबार,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जाने धारणा राखेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जेनजीसहितको छलफलमा नेता पुनले जेनजीको मागमा माओवादी केन्द्रले आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएको बताएका थिए। ‘अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौं,’ उनले भने। माओवादी केन्द्र सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेको पनि नेता पुनले बताएका थिजए। ‘त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ। त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो,’ उनले भने। भदौ २३ र २४ पछिको अवस्थामा माओवादी केन्द्रले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेको पनि पुनले बताए। ...
प्रतिवेदनमा सैद्धान्तिक सहमति भएकासँग एकता गर्न ढिलाइ गर्नुहुन्‍न : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

प्रतिवेदनमा सैद्धान्तिक सहमति भएकासँग एकता गर्न ढिलाइ गर्नुहुन्‍न : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी एकताको पहल भइरहेका बेला एकता सम्बन्धी अवधारणा सहितको राजनीतिक प्रतिवेदन पार्टी बैठकमा पेश गरेका छन् । उनले ल्याएको राजनीतिक प्रतिवेदनमा सिद्धान्त र विचार मिल्ने जो–कोहीसँग एकता हुने उल्लेख गरेका छन् । अहिले नेकपा माओवादी केन्द्रसँग नेकपा एसले एकता गर्न प्रक्रिया अघि बढाइरहेको छ । त्यसका लागि दुई दलको वार्ता समितिले काम गरिरहेको छ । तर दुवै दलभित्र एकताको विषयलाई लिएर फरक मतहरू पनि प्रकट भइरहेका छन् । बैठकमा माधव नेपालले पेश गरेको समाजवादी मोर्चा र वाम एकता बारे धारणाको सम्पादित अंश : समाजवादी मोर्चा र वाम एकता हामीले पार्टी पुनर्गठन गर्दा कायम गरिएको केन्द्रीय कमिटीको प्रथम बैठकबाट नै वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको...
ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् । बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए । ‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा  कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’  उनले भने ।उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए ।  ‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’ उनले भने ।...
नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए। ‘संविधान जोगाउन धेरै ठूलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने का...
नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा नदिने
राजनीति, विचार, समाचार

नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा नदिने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पारेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् । ‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’ उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए ।‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं । मित्रताका साथ जाऔं ।’...
ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड
राजनीति, विचार, समाचार

ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड

नेपालअखबार, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्। धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए। ‘अबको माओवादीको लाइन भनेको चुनाव हो। साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्छ,’ उनले भने। एमालेसँग एकताको सम्भावना रहेको पनि उनले बताए। 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,' उनले भने।...
संसद् पुनर्स्थापना नभई अबको निकास ताजा जनादेश : प्रभु साह
राजनीति, विचार, समाचार

संसद् पुनर्स्थापना नभई अबको निकास ताजा जनादेश : प्रभु साह

नेपालअखबार, काठमाडौं ।   आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबको निकास संसद् पुनर्स्थापना नभई ताजा जनादेश भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् । उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ । एमालेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए । ‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरह...