Monday, August 24

शिक्षा

ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा
धर्म/संस्कृति, शिक्षा, समाचार, समाज, साहित्य \कला

ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा

नेपाल अखबार, काठमाडौं ।गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू ...
कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक
शिक्षा, समाचार, समाज

कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक

नेपालअखबार, कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको जानकारी दिए। जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन्। कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन्। नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार...
विद्यार्थीमा ज्वरो बढेपछि विद्यालय बन्द
शिक्षा, समाचार

विद्यार्थीमा ज्वरो बढेपछि विद्यालय बन्द

नेपाल अखबार, दाङ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन। गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए। उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरे पछि आजबाट कार्यान्वयनमा आएको हो । कोरोना संक्रमण पनि बढिरहेको हुँदा भाइरल ज्वरो बढेपछि जोखिम कम नभएसम्म एक साताका लागि विद्यालय बन्द गर्नु परेको विकको भनाइछ।  ...
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने
शिक्षा, समाचार

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

नेपालअखबार, काठमाडाैं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन् परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्। पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परी...
एसईईको नतिजा प्रकाशित
शिक्षा, समाचार

एसईईको नतिजा प्रकाशित

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको  बताए। कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो। एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए। ०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो। यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्। ‘पहिलेभन्दा नतिजा फरक छैन, ...
पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आवेदन माग
शिक्षा, समाचार

पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आवेदन माग

नेपालअखबार, काठमाडाैं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ। बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ। शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको छ। एमबिबिएसमा १०, बिडिएमा एक र डि फार्मेसीमा ८ सिट संख्या छ। इच्छुक विद्यार्थीले साउन १६ भित्र अनलाइन आवेदन पेश गर्न सक्ने आयोगले जनाएको छ।...
६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना
शिक्षा, समाचार, समाज

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

नेपालअखबार, पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन् । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् । ‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ’, उनले भने । उनका श्रीमान् सुकबहादुर गुरुङ मोदी-८ चित्रेकै वडाध्यक्ष हुन् । श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन । आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ । शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरुलाई प्रेरणा मिल्ने सुकबहादुरले बताए । ‘स्कु...
विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन
शिक्षा, समाचार

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।  समितिको मंगलबारको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, मन्त्रालयका सचिव यादव कोइराला, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झालगायतसँग छलफल गरेपछि सभापति जयपुरी घर्तीले सो निर्देशन दिएका हुन् । शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यालय तहका सबै पाठ्यपुस्तक उपलब्ध नभएको विषयमा समितिका सदस्यले सरकार र सम्बन्धित पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराएका थिए । समितिले यसअघि जेठ ११ गतेको बैठकमा वैकल्पिक उपायबाट गरेर भए पनि समयमा पाठ्यपुस्तक उत्पादन र वितरण गर्न तथा  सोबारे सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय गरी आगामी शैक्षिक सत्रमा पाठ्यपुस...
एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
शिक्षा, समाचार

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए। राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए। अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताए। ‘सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वज...
तनहुँमै पहिलो पटक सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा
शिक्षा, समाचार

तनहुँमै पहिलो पटक सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा

नेपालअखबार, तनहुँ  । तनहुँको एक सामुदायिक विद्यालयले जिल्लामै पहिलो पटक नर्सिङ सुविधा प्रदान गरेको छ । नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले सुविधा प्रदान गरेको हो । विद्यालयले विएससी नर्सिङ उतिर्ण सुनिता जोशी मार्फत नर्सिङ सुविधा प्रदान गरेको छ । प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरु धेरै भएकोले विद्यार्थीहरु विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन जिल्लामै पहिलो पटक नर्स राखिएको विद्यालयय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । विद्यालय नर्सले सेवा दिने÷परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको अध्यक्ष काफ्लेले बताउनुभयो । ‘दुई हजार ७०० विद्यार्थी अध्ययन गर्ने भएकोले विरामी भईरहेकाले न...