Saturday, February 21

शिक्षा

राम्चेको ३१ औं बार्षिकउत्सव सम्पन्न
प्रदेश ४, शिक्षा, समाचार

राम्चेको ३१ औं बार्षिकउत्सव सम्पन्न

शहिद लखन गाउँपालिका ८ मा रहेको राम्चे आधारभुत विद्यालयको ३१ औं बार्षिकउत्सव सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम कै अवसर पारेर राम्चे भू.पू. विद्यार्थी मञ्चले अध्ययनरत विद्यार्थीलाई छात्रबृद्धि समेत वितरण गरेको सचिव राजेश श्रेष्ठले जानकारी दिए । सो अवसरमा स्थानीय बुद्धिराम श्रेष्ठले आफ्नी स्वर्गिय बुवा आमाको सम्झनामा विद्यालयमा झम्कसुन्तली स्मृती अक्षय कोषको समेत स्थापना गरेका छन् । कार्यक्रममा विद्यालयमा योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ । बार्षिकउत्सव समारोहमा शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ, ड का वडाध्यक्ष काशीनाथ अम्गाई लगायतले बोलेका थिए ।...
काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी
शिक्षा, समाचार, समाज

काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

नेपाली काग्रेस गोरखाका नेता धिरन थापाले विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा वितरण गरेका छन् । गोरखा क्षेत्र १ का सभापति समेत रहेका थापाले शहिद लखन गाउँपालिकाको मनकामनामा रहेको त्रिवेणी आधारभुत विद्यालयमा अध्ययनरत २४ जना र जलकन्या आधारभुत विद्यालय घैरुङका ३० जना बिद्यार्थीलाइ कपि, कलम सहित आवस्यक शैक्षिक सामाग्री र ट्र¥याक सुट बितरण गरेका हुन ।...