Friday, April 24

समाज

चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी
अर्थ, प्रविधि, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडी बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्। विनोद चौधरीको स्वामित्व रहेको सिजी सेल टेक्नोलोजी र यूरोपको ‘मोल्डसेल’ टेलिकम कम्पनीबीच गत शुक्रबार खरिदविक्री सम्झौता भएको छ। सीजी टेलले नेपालमा कम्युनिकेशन व्यवसया गर्न सरकारसँग यूनिफाइड लाइसेन्स मागेको थियो। तर, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २० अर्व राजश्व बुझाए लाइसेन्स पाउने बताएका थिए। त्यसपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर मन्त्रीले भनेको २० अर्व एकमुष्ट नभई नवीकरण शुल्क १० वर्षसम्म तिनुपर्ने कानूनी प्रावधान रहेको जनाएको थियो। यसरी सरकार र चौधरी ग्रुपबीच दोहोरी चलिरहेकै बेला सीजी टेलले यूरोपको मो...
१० बर्ष पछी पुन प्रदर्शनमा आयो नाटक 'सेतो कपाल'
मनोरञ्जन, समाचार, समाज

१० बर्ष पछी पुन प्रदर्शनमा आयो नाटक 'सेतो कपाल'

काठमाण्डौं । रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुति नाटक सेतो कपाल काठमान्डौको रातोपुल स्थित शैली थिएटरमा १० बर्ष पछी पुन मन्चन भैरहेको छ । बरिष्ट प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोट द्वारा लेखन र निर्देशन गरिएको उक्त नाटक आरोहण गुरुकुलमा मन्चन भएको थियो । डार्क कमेडी जनरामा प्रस्तुत गरिएको नाटक सेतो कपाल आर्थिक दृष्टिले अत्यन्तै जोखिम पूर्ण नाट्यकर्मलाइ आफ्नो जीवनको सर्वाधिक उपलब्धि ठानी त्यसै भित्र रमाउन अभ्यस्त एक नाटककारको जीवनीमा आधारित नाटक सेतो कपालको अन्तिम पूर्वाभ्यासका निम्ति चारित्रिक अभिनयका लागी मंचमा उत्रिएको नाटकको नायक कुमार अग्नि अचानकै कथामा उल्लेखित नाटककारको चरित्र लाइ बिर्सेर स्वयमले बिताइरहेको वास्तविक जीवनमा प्रवेश गर्न पुग्छ । यहाँ बाट नाटकले नया मोड लिन्छ । कुमारले आफ्नो बाल्य र युवा अवस्था,हजुरबाको यौन मनोविज्ञान,आफ्नो असफल पहिलो ...
चिनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो ‍‌(पाँच फाेटाे सहित)
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चिनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो ‍‌(पाँच फाेटाे सहित)

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३: ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ । १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वराेका कारण उहान विमानस्थलमै राेकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरूको त्रिभुवन विमानस्थलमा पुन स्वास्थ्य परीक्षण गरेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिएको छ । तस्...
चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै
विदेश, समाचार, समाज, स्वास्थ्य

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

काठमाडौं - चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल  एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ। आज उडेको विमान आजै रातिसम्म नेपालीहरु लिएर नेपाल फर्किने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीन प्रस्तान गर्ने विमान तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। सरकारले दुइ महिनादेखि चीनमा फैलिएको नोवेल कोरोना संक्रमणको कारण जोखिममा रहेका नेपालीहरुको उद्धार गर्न लागेको हो। विशेष  गरी चीनमा उच्च शिक्षाका लागि चीन पुगेका विद्यार्थीहरु जो भाइरस संक्रमणको कारण विभिन्न छात्रावासमा छरिएर बसिरहेका,आफुहरु संक्रमणको जोखिममा रहेको जनाएपछि सरकारले उद्धारको लागि पहल गरेको हो। नेपाल एयरलायन्सको हवाइजहाजमा पाइलट, एयरहोस्टेज, नेपाल प्रहरीको दुई जना चिकित्सक र दुई नर्स चीनतर्फ गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्र...
सर्वोच्चले भन्याे 'नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?'
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

सर्वोच्चले भन्याे 'नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?'

काठमाडौं – सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री नेपाल र समाजवादी पार्टीका नेतूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर नगर्नुको लिखित कारण १५ दिनभित्र पेस गर्न आदेश दिएको हो। ललितानिवासको सरकारी जग्गा दुरुपयोगमा अख्तियारले एक सय ७५ जनालाई विपक्षी बनाउँदै माघ २२ गते विशेष अदालतलमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईलाई सफाइ दिएको छ। मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विभागीय मन्त्रीसहितका अन्य ...
सरकारकाे २ बर्ष : संसदमा प्रधानमन्त्री ओलीले के भने ? पूर्ण पाठ सहित
समाचार, समाज, हाइलाइट-समाचार

सरकारकाे २ बर्ष : संसदमा प्रधानमन्त्री ओलीले के भने ? पूर्ण पाठ सहित

सम्माननीय सभामुख महोदय, – आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७/८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै पार्टीको सरकारको आयु २४ महिना पार हुनुलाई पनि एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ । तसर्थ, मुलुकलाई स्थिरताको यस बाटोमा अघि बढाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु । – गतसाल यसैगरी बर्षभरिका कामको प्रतिवेदन यस सम्मानित सदनमा जानकारी गराउने प्रयास गरेको थिएँ । कारणमा जान चाहन्नँ, तर संसद चलिरहेको बेला यसै गरिमामय सदनले अत्यधिक मतले निर्वाचित गरेको प्रधानमन्त्रीले, आफूलाई निर्वाचित गर्ने निकायलाई उसले गरेका कामको जानकारी गराउन पाएन । मैले सिंहदरबार परिसरभित्र सार्वजनिक ...
आगलागीबाट १८ लाख भन्दा बढिको क्षति
प्रदेश ४, समाज

आगलागीबाट १८ लाख भन्दा बढिको क्षति

गाेरखा । धार्चे गाउँपालिका–५ सिङ्लामा बुधबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय सुरमान गुरुङको घरमा खाना पकाउने क्रममा बालिएको आगो फैलिएर उक्त घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुङ्गा माटो र जस्ताले बनेको एक तले घर पूर्ण रुपमा क्षति भएको छ । घरमा रहेको ७५ हजार नगद, लत्ताकपडा, भाँडा वर्तन समेत जलेर नष्ट भएका छन् । आगलागीबाट घर सहित अनुमानित १८ लाख ३८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएकाले अन्य क्षति भने हुन नपाएको प्रहरीले बताएको छ । यसैवीच नेपाल रेडक्रस सोसाइटी गुम्दा उपशाखाले आगलागी पिडित परिवार खाद्यन्न र भाडाकुँडा राहत स्वरुप उपलब्ध गराएको जिल्ला शाखा गोरखाले जानकारी दिएको छ ।...
नागरिक समाज र सञ्चार माध्यम वीच सहकार्यमा जोड
प्रदेश ४, समाचार, समाज

नागरिक समाज र सञ्चार माध्यम वीच सहकार्यमा जोड

गाेरखा । सञ्चार माध्यम र नागरिक समाज थप संगठित हुनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जिल्ला सरमुकाममा गरेको ‘नागरिक समाज र सञ्चार जगत वीच सहकार्यका अवसर र चुनौती’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवालाहरुले त्यस्तो बताएका हुन् । नागरिक समाज अधिकारले प्राप्तीको लढाइँमा मात्र केन्द्रित रहने प्रवृती अन्त्य गर्नुपर्ने उनीहरुको भनाई छ । भष्ट्राचार, अनियमिता, ढिलासुस्ती, प्राकृतिक स्रोत साधनको दुरुपयोग लगायतका कुराको बिरुद्धमा आमसञ्चार माध्यम र नागरिक समाज एक भएर आवाज उठाउनु पर्ने अधिकाशं वक्ताहरुको जोड छ । मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ‘नागरिक समाज र सञ्चार जगत वीच सहकार्यका अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा नागरिक साझा सबालका संयोजक स्था...
कहाँ के गर्दैछन् छन्, प्रहरीले नभेट्टाएका बमजन ?
समाचार, समाज, हाइलाइट-समाचार

कहाँ के गर्दैछन् छन्, प्रहरीले नभेट्टाएका बमजन ?

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा रामबहादुर बमजनविरुद्ध बाल यौन दुर्व्यवहारको आरोपमा मुद्दा पर्यो। मुद्दा परेलगत्तै कार्यालयले बमजनविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी माग्यो। सर्लाही प्रहरीका प्रवक्ता डिएसपी प्रतिकसिंह राठौंरका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारेमा रहेको आश्रममा बमजन रहेको सुचनाका आधारमा बिहीबार साँझ नै सिन्धुली प्रहरीलाई पक्राउ पुर्जी पठाइएको थियो। शुक्रबार बिहानै ६ बजे सिन्धुली प्रहरीको टोली आश्रममा बमजनलाई पक्राउ गर्न पुग्यो। प्रहरी आफ्ना गुरुलाई पक्राउ गर्न आएको सुचना पाएपछि बमजनसम्बद्ध बोधी धर्म श्रवण संघका केन्द्रीय सदस्य छत्र घिसिङ १५ मिनेटमै त्यहाँ पुगेका थिए। सिन्धुलीका स्थानीय बासिन्दा समेत रहेका घिसिङका अनुसार ३ वटा ट्रक र बाँकी भ्यानहरु गरी ८–९ वटा साधनमा पुलिसहरु आश्रममा पुगेका थिए। ‘म आश्रम पुग्दा ८–९ वटा गाडीहरुमा...
इसेवा मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने
अर्थ, समाचार, समाज

इसेवा मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । अब इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्न सकिने भएको छ । उक्त सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हु्न् । सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ ।यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुने इसेवाले जनाएको छ । नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्...