कोरोनापछि फेरियो मनाङ जिल्लाकै परिचय
नवीन लामिछाने, मनाङ।हिमाल पारिको जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय वासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ ।
मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले यहाँका किसानले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसान मख्ख छन् । वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाइएको बन्दा र काउली एउटै करिब पाँचदेखि सात किलोग्रामसम्म र एउटै गाजर पनि करिब एक केजी बराबरको फलेका छन् ।
अध्यक्ष गुरुङ भने “मैले...
