Friday, July 10

स्वास्थ्य

कोरोना संक्रमण युवातिर सोझिँदै : विश्व स्वास्थ्य संगठन
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना संक्रमण युवातिर सोझिँदै : विश्व स्वास्थ्य संगठन

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको छ। युरोपका लागि डब्लूएचओका निर्देशक डाक्टर ह्यास्न क्लुजले स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण युवामा बढी देखिने थालेको बीबीसीसँग बताएका हुन्। डाक्टर ह्यान्सले बीबीसी टुडे कार्यक्रममा भने, ‘अब महामारीसम्बन्धी तथ्यांक अलि फरक देखिएको छ। अहिल्यै नै यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन तर हामीलाई प्रशासन र स्वास्थ्य अधिकारीबाट जुन रिपोर्ट प्राप्त भइरहेका छन्, त्यसअनुसार अहिले बढिरहेको कोरोना संक्रमितमा युवा बढी देखिएका छन्।’ यससँग सम्बन्धित आँकडाबारेको प्रश्नमा उनले केही उदाहरण दिए : –जुन महिनाको मध्येमा स्विडेनमा ४९ वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण तीव्र देखिएको थियो, अहिले भने युवामा संक्रमण हुने क्रम केही घटेको छ। तर अहिले पनि एक लाख संक्रमितमा २० देखि ...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघ्यो, एकै दिन ५२ हजारमा संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघ्यो, एकै दिन ५२ हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमणकाे कारण ज्यान गुमाउनेकाे संख्या ३५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा भारतमा सात सय ७९ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ३५ हजार तीन पुगेको वर्ल्डओमिटरले जनाएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार दुई सय ४९ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या १५ लाख ८४ हजार तीन सय ८४ पुगेको छ। गएको २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार तीन सय ६६ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै ब्राजिलमा एकै दिन ७० हजार आठ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी अमेरिकामा ७१ हजार ६ सय नौ, दक्षिण अफ्रिकामा ११ हजार तीन सय ६२, कोलम्बियामा आठ हजार र मेक्सिकोमा सात हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय २६ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। सबैभन्दा धेरै ब्राजिलमा १५ सय ५४ जनाको कोरोनाको कारण ...
बारा  र पर्सामा स्वास्थ्यकर्मी, सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

बारा र पर्सामा स्वास्थ्यकर्मी, सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

इफान अलि, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए । ११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरु...
अमेरिकामा कोरोनाद्वारा संक्रमित पहिलो कुकुरको मृत्यु
विश्व, स्वास्थ्य

अमेरिकामा कोरोनाद्वारा संक्रमित पहिलो कुकुरको मृत्यु

नेपाल अखबार, एजेन्सि। बड्डी सात वर्ष पुग्नै लागेको थियो तर अप्रिलको मध्यतिर उसलाई सास फेर्न समस्या भयो । त्यसको ६ हप्तापछि बड्डी कोरोनाभाइरसको संक्रमण देखिने अमेरिकाको पहिलो कुकुर बन्यो । जुलाई ११ मा बड्डीको मृत्यु भयो । बड्डीका मालिक माहोनिजद्वारा प्रदान गरिएको मेडिकल रिपोर्ट नेशनल जोग्राफिकका दुई भेटेनरियनले बड्डी सम्भवतः लिम्फोमा नामको एक प्रकारको क्यान्सरसँग जुधिरहेको बताएका छन् । मृत्यु हुनुअघि उनमा त्यस्तै लक्षण देखिएको भेटेनरियनको निष्कर्ष छ । यद्यपि, यी दुई भेटनरियन बड्डीको उपचारमा भने संलग्न थिएनन् । माहोनिजले बड्डीको मृत्यु भएको दिनमात्रै उसको मृत्यु हुनुको सम्भावित कारण लिम्फोबारे थाहा भएको जानकारी दिए । त्यसअघि उनीहरुलाई यसबारे केही जानकारी थिएन । बडीको अतिरिक्त परीक्षण गरेपछि मात्रै यसबारे पत्ता लागेको निष्कर्ष निकालिएको छ । यद्यपि, क्यान्सरका कारण बड्डीलाई कोरोनाभाइरसको संक्र...
कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् । अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ ।...
भारतमा कोभिड–१९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोभिड–१९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि  कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि  कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ ।  सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । –सिन्हवा...
कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ । हालसम्म निको भएकासहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार २ सय ७३ पुगेको छ ।...
काठमाडौंका १४ सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
Uncategorized, समाचार, स्वास्थ्य

काठमाडौंका १४ सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार,काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१०  जनामा संक्रमण पुष्टि भएको बताए ।  पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ । दे...
गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा बुधबार  थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  बिहान प्रदेशका स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा म्याग्दीका २ जना पुरुष र अन्य ३ जिल्लाका १-१ पुरुष रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।...
पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ३, समाचार, स्वास्थ्य

पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् । कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् । कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा. उदय नारायण सिंहले बताए । त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरप...