Monday, August 31

स्वास्थ्य

कर्णालीमा रात्री प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य
प्रदेश ६, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कर्णालीमा रात्री प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

नेपाल अखबार, सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्री प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यस्तै कर्मचारी र  जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकार...
तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि

नेपाल अखबार, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा नगरपालिकाको वडा नं. १ का ६ जना महिला र १४ जना पुरुष संक्रमित बनेका हुन् । संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् । नगरपालिकाका अनुसार स्वाब संकलन गरिएका १२२ जनामध्ये ८९ को परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो । बाँकीको परीक्षण हुन बाँकी छ । नगरपालिकाभित्र पूरै आवतजावतमा रोक लगाउने तयारी भइरहेको छ । यसअघि नगर क्षेत्रमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि भानु नगरपालिका गएको सोमवारदेखि एक हप्ताका लागि बन्द गरिएको थियो ।...
कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु

नेपाल अखबार, विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै बिहीब...
प्रदेश नं ५ : समुदायमा बढ्दै कोरोना सङ्क्रमण
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश नं ५ : समुदायमा बढ्दै कोरोना सङ्क्रमण

नेपालअखबार,बुटवल ।  प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको  सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । उनका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको अवस्था सामान्य छ । सङ्क्रमण बढेसँगै आलोपालो प्रशासनिक सेवा कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ...
गण्डकी प्रदेशका २ जिल्लामा थप २१  जना कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशका २ जिल्लामा थप २१  जना कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका २ जिल्लाका थप २१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान तनहुँ र  स्याङजाका २१  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका – १ का  २२ देखि ५२ वर्ष उमेर समुहका १४  पुरुष तथा ५ वर्षीया बालिका सहित ६ महिलामा कोरोना पुष्टि भएको हो ।  त्यसैगरी स्याङजाको पुतलीबजार नगरपालिका -१ का ३९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनालायले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।...
कोरोनाबाट थप ४ जनाको मृत्यु पुष्टि
समाचार, स्वास्थ्य

कोरोनाबाट थप ४ जनाको मृत्यु पुष्टि

नेपाल अखबार ,काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा उपत्यकाका १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार  १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १...
नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा गरेर थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। आज ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८३७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ।...
पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिए
प्रदेश ६, समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीका अन्य जिल्लामा भने यो अवधिमा संक्रमित थपिएका छैन‍न् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडानम‍्बर-१३ का २२ र २५ वर्षका दुईजना महिला,  ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष रहेका छन् । एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २०५२ पुगेको छ । प्रदेशमा हालसम्म १९०१ जना डिस्चार्ज...
भारतमा एकैदिन ६६,९९९ कोरोना संक्रमित भेटिए, ९४२ को मृत्यु
विश्व, स्वास्थ्य

भारतमा एकैदिन ६६,९९९ कोरोना संक्रमित भेटिए, ९४२ को मृत्यु

नेपाल अखबार,एजेन्सि। भारतमा एकैदिन ६६ हजार बढी कोरोना संक्रमित भेटिएका छन् भने ९ सय बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएका छन् भने ९ सय ४२ को कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयले भारतमा कोरोना संक्रमितको कूल संख्या २३ लाख ९६ हजारभन्दा बढी भइसकेको बताएको छ । तीमध्ये ६ लाख ५३ हजार ६ सय २२ सक्रिय संक्रमित रहेका छन्, १६ लाख ९५ हजारभन्दा बढीले अस्पतालबाट छुट्टी पाइसकेका छन् र ४७ हजार ३३ व्यक्तिको संक्रमणका कारण मृत्यु भइसकेको छ । भारतमा १२ अगस्टसम्म दुई करोड ६८ लाखभन्दा बढीको कोरोना परीक्षण गरिसकिएको दाबी गरिएको छ । स्रोतः बीबीसी...
कोरोना अपडेटः विश्वभर ७ लाख ४६ हजारको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना अपडेटः विश्वभर ७ लाख ४६ हजारको मृत्यु

नेपाल अखबार, पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुकहरु रहेका छन् । संयुक्तराज्य अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा ९ लाख, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, मेक्सिकोमा ४ लाख ९२ हजार, पेरुमा ४ लाख ८९ हजार तथा कोलम्बियामा ४ लाख १० हजार संक्रमित छन् । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका नागरिक पनि संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरणअनुसार अमेरिकामा हालसम्म १ लाख ६७ हजार, ब्राजिलमा १ लाख ३ हजार, ...