अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
नेपालअखबार, काठमाडौं । इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ।
अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको अमेरिको अखबार द वासिङ्टन पोस्टले जनाएको छ।
यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई उच्च भन्सार दर लगाउँदै आएको थियो।
फेब्रुअरीको अन्तिमयता इरानमाथि अमेरिका र इसराइलले संयुक्त रूपमा आक्रमण गर्दै आएको छ। जबाफमा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्ग 'स्ट्रेट अफ हर्मुज'मा तेल बोकेका ट्यांकरहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ।
यसले विश्व बजारमै तेलको आपूर्ति घटेर लगातार मूल्य बढिरहेको छ।
मूल्यवृद्धि नियन्त्रणका लागि समुद्रमै रहेका तेलमाथिको प्रतिबन्ध मात्रै हटाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ। प्रतिबन्ध हटाइएप...










