Saturday, June 27

खेलकुद

टाइगर कप भलिबलः हेल्प नेपालसँग पराजित हुँदा प्रतियोगितबाट बाहिरियो एपिएफ
खेलकुद, समाचार

टाइगर कप भलिबलः हेल्प नेपालसँग पराजित हुँदा प्रतियोगितबाट बाहिरियो एपिएफ

नेपालअखबार ,पोखरा । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुप¥यो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले एपिएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई...
टाइगर कप भलिबलः भोलि लिगका अन्तिम चरणका खेल हुने
खेलकुद, समाचार

टाइगर कप भलिबलः भोलि लिगका अन्तिम चरणका खेल हुने

नेपालअखबार ,पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ । भोलिको तेस्रो र चौथ...
पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ सुरु, आयोजकको विजयी सुरुवात
खेलकुद, समाचार

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ सुरु, आयोजकको विजयी सुरुवात

नेपालअखबार ,पोखरा। ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरामहानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (मंगलबार) देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा  प्रवेश गर्याे । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे । उनै दिलिप म्यान अफ द म्याच घोषित भए । यस्तै अर्काे खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले हरायो । भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १÷१ गोलको योगादन दिए भने, १ गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गोल गरेका थिए । उक्त खेलबाट बगर भाइखलकका नरेश केसी म्यान अ...
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल फागुन १४ गते देखि हुने
खेलकुद, समाचार

माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल फागुन १४ गते देखि हुने

नेपालअखबार,पोखरा । माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाँउ पालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म उक्त प्रतियोगित हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश भित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरि वढि भन्दा वढि सहभागिता जनाउने लक्ष्य रहेको माछापुच्छ्रे गाँउ पालिका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्...
माछापुच्छ्रे –९,सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
खेलकुद, समाचार

माछापुच्छ्रे –९,सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

निराजन अधिकारी ,माघ  । कास्की माछापुच्छ्रे« गाउँपालिका वडा न.–९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । माछापुच्छ्रे« गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब. क्षेत्रिले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गा.पाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे । माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद  रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुक ब.ताम...
रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड
खेलकुद, समाचार

रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड

नेपालअखबार,रुपन्देही।  रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नु भएको हो । माघ ३ देखि ५ गते सम्मसंचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिनु भयो । प्रतियोगिता अन्र्तगत एथ्लेक्टिस तर्फ २६ ईभेन्ट, भलिवल तर्फ २ वटा ईभेन्ट, कवड्डी तर्फ २ वटा ईभेन्ट र कराते तर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले जानकारी दिनु भयो । सोही अवसरमा गत बर्षको विजेता विद्यालय देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण...
राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा
खेलकुद, समाचार

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

नेपालअखबार,देवदह । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता दिएको देवदह नगरपालिकाका प्रवक्ता पगणेश डुम्रेले जानकारी दिए। "पानबारी खेलमैदानमा भलिबल, कबड्डी, कराँते लगायतका खेल सम्पन्न गर्नका लागि ग्राउन्ड मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको छ ।" प्रवक्ता डुम्रेले भने, "बिहिवार औपचारिक उद्घाटनका लागि हामी तयारी अवस्थामा छौं ।" प्रतियोगितामा देवदहका २७ विद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए । प्रधानाध्यापक ढुङ्गानाले प...
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
खेलकुद, समाचार

पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

नेपालअखबार,पोखरा। पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित १२ टोली सहभागी हुने तय भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । माघ १२ गतेदेखि प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ टोलीले सहभागिता जनाएको संयोजक ज्ञवालीले बताए । पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागिता जनाउने छन् । महिलातर्फ विदेशी क्लब युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डसहित नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा...
सिक्लेसमा ठेलो हान्ने मेला
खेलकुद, समाचार, समाज

सिक्लेसमा ठेलो हान्ने मेला

नेपालअखबार,कास्की ।  कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरू हुने भएको छ। कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो। सिक्लेसमा माघे संक्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुई सय वर्षअघिदेखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ। क्लबका अध्यक्ष भोलामान गुरूङले उनले ‘ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला’  भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताए। उनका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरूष तथा महिला भलिबल, पुरूष बास्केटबल, गुरूङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलो लगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ। मेलाका अवसरमा हुने खु...
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी
खेलकुद, समाचार

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

नेपालअखबार ,पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार ४५ वर्ष माथि भएको मेन्स सिंगलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे । सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन पुगे । त्यस्तै कोरियाका जुजुमान किमले प्रकास बस्नेतलाई ६–३, ३–६ र सुपर टाईमा १०–७ ले पराजित गरे । सोही उमेर समुहका अन्य खेलहरुमा सुनिल श्रेष्ठले डा.देव थापालाई ६–४, ६–३ ले, लाक्पा तेम्बा शेर्पाले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले पराजित गरेका छन् । मेन्स डबल्सतर्फ नेहाल जंगबहादुर थापा र आरब हाडाको जोडीले पोखराका शास्वत बज्राचार्य र दर्शिल श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले, प्रदीप खड्का र उगेन शेर्पाको जोडीले विवेक मगर र स...